मलेसियामा सुरक्षा गार्ड कुट्ने नेपालीलाई चार महिना जेल सजाय

 

मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्ममतापूर्वक कुटपीट गर्ने नेपालीलाई स्थानीय अदालतले चार महिना कैद सजाय तोकेको छ । मलेसियाको पत्रिका द स्टारका अनुसार स्थानीय एक अदालतले मंगलवार राम गोपाल मुराउलाई चार महिना जेल सजाय तोकेको हो ।

यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको ४४ सेकेण्ड लामो भिडियोमा एक व्यक्तिले अर्का एक सुरक्षा गार्डलाई निर्ममतापूर्वक कुटपीट गरेको देखिएको थियो । सुरुमा कुटपीट गर्ने व्यक्ति स्थानीय नागरिक र पछि भारतीय मुलका व्यक्ति मन्नु भएको दावी अर्का एक नेपालीले गरेका थिए । उनले आफू पनि सो व्यक्तिबाट पीडित भएको र करार अवधि सकिनु अगावै स्वदेश फर्केका बताएका थिए । तर पछि सो भिडियोका पीडित र पीडक दुवै पछि क्वालालम्पुर स्थित नेपाली दूतावासको सम्पर्कमा आएका थिए र दुवै नेपाली रहेको विवरण दूतावासले सार्वजनिक गरेको थियो । त्यसपछि पीडक स्वयं स्थानीय प्रहरीमा गएको दूतावासले जानकारी दिएको थियो ।

सो घटनामा एक महिलालाई दुव्र्यवहार गरेको अभियोगमा पीडित नेपालीलाई पनि मुद्धा चलाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको समाचार यस अगाडी सार्वजनिक भएको छ । तर सो विषयमा पछिल्लो जानकारी भनें प्रहरीले दिएको छैन । पीडितका पक्षबाट स्थानीय वकिल सुमिथा कृष्णा लडिरहेकी छन् ।

यो पनि पढ्नुहोस् स्वदेश फर्किन विमानस्थल जाँदा ‘फिट टु फ्लाई सर्टिफिकेट’ लिएर जान दूतावासको अनुरोध

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय