स्वदेश फर्किन विमानस्थल जाँदा ‘फिट टु फ्लाई सर्टिफिकेट’ लिएर जान दूतावासको अनुरोध

कतार स्थित नेपाली दूतावासले स्वदेश फर्किने सुत्केरी तथा गर्भवती महिला र कोभिड बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई फिट टु फ्लाईको सर्टिफिकेट लिन आग्रह गरेको छ । दूतावासले यसअघि कतिपय त्यस्ता व्यक्तिहरु सर्टिफिकेट नभएका कारण उडान गर्न असमर्थ भएको जानकारी प्राप्त भएको भन्दै यस्तो अवस्थाका यात्रुहरुले आफूलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट त्यस्तो सर्टिफिकेट अनिवार्य रुपमा लिएर मात्र विमानस्थल जान अनुरोध गरेको हो ।

यसैगरी विमानस्थलमा ज्वरोे मापन गरिने तथा मोवाइल एप Ehteraz मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा सो एप सञ्चालनमा ल्याउन पनि दूतावासले अनुरोध गरेको छ ।

कतारबाट आगामी अगष्ट १८ का दिन नेपाल एयरलाइन्सले उडान गर्ने जानकारी प्राप्त भएको भन्दै दूतावासले सो एयरलाइन्सको उडानका लागि यसअघि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुलाई टिकटका लागि सम्पर्क गर्न आग्रह गरेको छ । नेपाल एयरलाइन्सको लागि कतारमा जैदा टावर स्थित फाहिद टाभल्समा सम्पर्क गर्न जानकारी गराएको हो ।

यसैबीच कोभिड १९ का कारण अलपत्र परेर सरकारले तोकेको प्राथमिकताका आधारमा संयुक्त अरव ईमिरेट्स (युएई) बाट हालसम्म चार्टर्ड उडान मार्फत १३ हजार भन्दा बढी नेपाली स्वदेश फर्केका छन् । अबुधावी स्थित नेपाली दूतावासका अनुसार जुन महिनादेखि ११ अगष्टसम्ममा कुल ८२ उडानमार्फत१३ हजार ७ सय ८५ जना स्वदेश फर्केका हुन् ।

दूतावासद्धारा जारी विज्ञप्ती अनुसार यसबीचमा २६ वटा शव समेत नेपाल पठाइएको छ । ४ वटा शव नेपाल पठाउने प्रकृयामा रहेको र ६९ वटा शवलाई युएईमा नै दाहसंस्कार गरिएको जनाइएको छ ।

दूतावासका अनुसार ११ मार्च देखि यता युएईमा १ सय १० जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने मुख्य कारणहरुमा प्राकृतिक मृत्यु, कोरोना संक्रमण, आत्महत्या, दुर्घटना, हत्या आदि रहेको पाइएको दूतावासले जनाएको छ ।

यो पनि पढ्नुहोस् योेगदानमा आधारित सामाजिक सुरक्षाबाट सरकार पछि हट्योः ट्रेड युनियन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय