जर्मनीको रोजगारीका नाममा सामाजिक सञ्जालको भ्रममा नपर्न आव्हान

जर्मनीमा नेपाली सहायक कामदार छनौटका लागि आवेदन आव्हान भन्दै सामााजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन प्रकाशन भइरहेको भन्दै वैदेशिक रोजगार विभागले सचेत रहन आग्रह गरेको छ । विभागले एक विज्ञप्ती प्रकाशित गर्दै रोजगारीमा जान ईचछुकहरुलाई विभागको वेभसाइटमा प्रकाशित हुने सुचना हेर्न अनुरोध गरिएको छ ।

विभागका निर्देशक कविराज उप्रेतीले सामाजिक सञ्जालमा प्रकाशित भ्रमपूर्ण सुचना, विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेका छन् । नेपाल सरकार र जर्मनी सरकारबीच भएको श्रम सम्झौताको हवाला दिंदै कतिपय व्यक्तिले आकर्षक सेवा, सुविधा सपहत रोजगारीको प्रलोभन देखाउँदै भ्रमपूर्ण विज्ञापनहरु प्रकाशित गरिरहेका छन् । फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालहरुमा त्यस्ता भ्रमपूर्ण विज्ञापनहरु प्रकाशित हुने गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय