यी हुन् वैदेशिक रोजगारमा नेपालीलाई पठाउन अनुमति लिएका वैधानिक मेनपावर कम्पनीहरु

वैदेशिक रोजगारमा नेपाली श्रमिकलाई पठाउन अनुमति लिएका वैधानिक मेनपावर कम्पनीहरुको संख्या ९३५ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म दर्ता रहेका १५ सय भन्दा बढी मेनपावर कम्पनीहरु मध्ये ९३५ वटा वैधानिक छन् । विभागमा दर्ता गरिएका कतिपय कम्पनीहरु नविकरण नभएका, कारोवार छोडेका, रोक्का रहेका छन् ।

यसअगाडी बिहीबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै श्रम मनत्री शरतसिंह भण्डारीले ति कम्पनीहरु मार्फत १४४ मुलुकमा नेपाली श्रमिकहरु गएको बताए ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरु ठगिएको विषय, नेपालीहरुले पाउनुपर्ने सुविधा लगायतका विषयमा सरकार गम्भीर रहेको पनि उनले बताए । यस सम्बन्धमा प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले पनि चासो राख्दै आएको उनले बताएका थिए ।

विभागमा दर्ता भइ वैधानिक रुपमा कार्यरत मेनपावर कम्पनीहरुको सूचि हेर्न यहाँ क्लीक गर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
2
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय