मलेसियामा विदेशी श्रमिकको लेवि बढाउने तयारी

मलेसियाले आप्रवासी श्रमिकलाई निरुत्साहित गर्न लेवि थप्ने तयारी गरेको छ । विदेशी श्रमिक भित्रियाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्वदेशी श्रमिकलाई नै रोजगारी सिर्जना गर्ने निति अनुरुप मलेसियाले यस्तो तयारी गरेको हो ।

मलेसियाका सरकारी सञ्चार माध्यम बर्नमाका अनुसार मलेसियाका प्रधानमन्त्री अनवर ईव्राहिमले निकट भविष्यमा नै विभिन्न चरणमा लेवि लगाउने तयारी भइरहेको बताएका हुन् । मलेसियन नागरिक तथा प्रविधिको प्रयोगलाई बढावा दिने निति अनुरुप यस्तो गर्न लागिएको मलेसियाली प्रधानमन्त्री ईव्राहिमको भनाई रहेको छ । उनले कुल श्रमशक्ति मध्ये विदेशीको संख्यालाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको बताएका छन् ।

मलेसियाको आर्थिक अवस्थालाई उकास्न सीपयुक्त जनशक्तिको अभाव, न्यून उत्पादकत्व तथा प्रविधिको प्रयोग उल्लेख्य नहुनु रहेको भन्दै त्यसमा सुधारका लागि सरकार प्रयत्नशील रहेको उनले बताएका छन् । सरकारले निकट भविष्यमा नै केहि महत्वपूर्ण निर्णय लिनेछ जसले मलेसियामा कार्यरत श्रमिक र रोजगारदाता दुवै लाभान्वित हुनेछन, प्रधानमन्त्री ईब्राहिमलाई उधृत गर्दै समाचारमा लेखिएको छ । उनले न्यूनतम ज्याला वृद्धि, सीप विकास लगायतबाट श्रमिक लाभान्वित हुने तथा उत्पादकत्वमा वृद्धि, रोजगारदाता प्रति अपनाइने नरम निति तथा प्रतिस्पर्धाबाट रोजगारदाता लाभान्वित हुने प्रधानमन्त्री ईब्राहिमले विचार प्रकट गरेका छन् ।

मलेसियाले महिलालाई रोजगारीसँग जोड्न र उनीहरुलाई रोजगारीमा टिकाइरहने निति अवलम्वन गरेको छ । यसले पछिल्लो १० बर्षमा महत्वपूर्ण परिवर्तन आएको र यसलाई निरन्तरता दिइने इब्राहिमले भनेका छन् ।

पछिल्लो समयमा मलेसिया नेपाली लगायत आप्रवासी श्रमिकको महत्वपूर्ण श्रम गन्तव्य हो । विभिन्न देशका कम्पनीहरु तथा अन्य देशमा सामान पठाउने मलेसियन कम्पनीहरुको विस्तारका कारण मलेसियामा केहि दशकयता नै श्रमिकको ठूलो माग छ । तर पछिल्लो केहि बर्षदेखि मलेसियामा स्वदेश नागरिकलाई नै रोजगारीमा संलग्न गराउनु पर्ने निति सरकारले अगाडी सार्दै आएको छ ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय