युरोपको रोजगारीको नाममा लाखौं ठगि, केहि मेनपावर पनि कारवाहीमा परे

आकर्षक तलवमा युरोप तथा दक्षिण अफ्रिका पठाइदिने प्रलोभन देखाई लाखौं असुलेको अभियोगमा वैदेशिक रोजगार विभागले पक्राउ गरेका केहि व्यक्ति विरुद्ध विभागले मुद्धा दायर गरेको छ । विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार उनीहरुले अनधिकृत रुपमा उठाएको रकम र त्यसको हर्जानाको मागदावी सहित मुद्धा दायर गरिएको हो ।

विभागका अनुसार खिम बहादुर गुरुङले चारजनालाई दक्षिण अफ्रिकामा रोजगारीमा पठाइदिने भन्दै २६ लाख ५० हजार अनधिकृत रुपमा उठाएको उजुरी परेको छ । गुरुङले वैदेशिक रोजगार ऐन, २०६४ विपरित काम गरेको देखिएकोले उनलाई चारजनाबाट उठाएको रकम र त्यसको ५० प्रतिशत हर्जाना असुल्नु पर्ने मागदावी सहित विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दायर गरेको छ ।

यसैगरी अर्जुन पोखरेलले अर्का एक व्यक्तिलाई सर्वियामा कृषि सम्वन्धि काममा पठाइदिने प्रलोभन देखाई चारलाख असुलेको भन्दै विभागले पोखरेल विरुद्ध पनि सो रकम र त्यसको ५० प्रतिशत हर्जाना दावी सहित न्यायाधिकरणमा मुद्धा दायर गरेको छ ।

यसैगरी उमेश सेति सुराल र आर्जु सेती सुरालले तीनजनालाई पोर्चुगल पठाउने नाममा जनही १३ लाखका दरले गरी ३९ लाख, सञ्जिव गौतमसँग ११ लाख उठाएको, दुईजनालाई कम्वोडिया पठाइदिने नाममा जनही ५ लाखका दरले १० लाख गरी ५५ लाख ५० हजार उठाएको उजुरी परेको छ । सुरालद्धय विरुद्ध पनि विभागले उठाएको रकम र त्यसको ५० प्रतिशत हर्जाना मागदावी सहित न्यायाधिकरणमा मुद्धा दायर गरेको छ ।

यसैगरी युएई पठाइदिने नाममा रकम असुलेको अभियोगमा मोहम्मद मोतिबाबु अन्सारी, भुवानी प्रसाद लामिछाने, रोशन राज शेख विरुद्ध पनि अनधिकृत रुपमा रकम असुलेको अभियोगमा मुद्धा दायर भएको छ ।

यसैबीच विभागले गलत काम गरेको अभियोगमा युनाईटेड मेनपावर एजेन्सीलाई निलम्वन गरेको छ । सो कम्पनीले बढी लागत रकम उठाएको उजुरी परेको थियो । यसैगरी युरो एशिया एचआर सोलुसनले उठाएको बढी रकम श्रमिकलाई फिर्ता गराउनुको साथै भविष्यमा यस्तो काम नदोहोर्याउन सचेत बनाउँदै १ लाख जरिवाना तिराएको विज्ञप्तीमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय