सामाजिक न्याय, विधिको शासनका पहरेदार नेम्वाङको असामयिक निधनले स्तब्ध: जिफन्ट

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट) ले शोक प्रकट गरेको छ । महासंघले एक शोक वक्तव्य सार्वजनिक गर्दै नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख नेम्वाङको निधनबाट महासंघ स्तव्ध र मर्हाहत भएको जनाएको छ ।
महासंघका अध्यक्ष विनोद श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ, उहाँको निधनबाट नेपालको कम्यु्निष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ । जिफन्टका सम्र्पुण सदस्यहरुको तर्फबाट पार्टीका जनप्रिय
नेता सुवासचन्द्र नेम्वाङप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछौ । सामाजिक आर्थिक रुपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, सविधान र विधिको शासन तथा मानव अधिकारको पक्षमा अविचलित रुपमा उभिदै आएका नेम्वाङको असामयिक निधनले उहाँको परिवार र नेकपा एमाले पार्टी पंङ्तीका लागि मात्र नभईm सम्पुर्ण श्रमजिवी बर्गमा अपुरणीय क्षति भएको जिफन्टको ठहर छ ।

पढ्नुहोस् शोक वक्तव्यको पूर्ण पाठ
बिक्रम सम्बत २००९ साल फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालीका ७ मा जन्मनु भएका कमरेड सुवास नेम्वाङ नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष, सबिधानसभाका अध्यक्ष एवम पुर्व सभामुख क.सुवासचन्द्र नेम्वाङको अकल्पननिय र आकस्मिक निधनबाट नेपाल टे«ड यूनियन महासंघ जिफन्ट स्तब्ध र मर्माहत भएको छ ।

उहाँको निधनबाट नेपालको कम्यु्निष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ । जिफन्टका सम्र्पुण सदस्यहरुको तर्फबाट पार्टीका जनप्रिय नेता सुवासचन्द्र नेम्वाङप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछौ । सामाजिक आर्थिक रुपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, सबिधान र बिधीको शासन तथा मानव अधिकारको पक्षमा अबिचलित रुपमा उभिनुहुने कमरेड सुवासचन्द नेम्वाङको असामयिक निधनले उहाको परिवार र नेकपा एमाले पार्टी पंङ्तीका लागि मात्र
होईन सम्पुर्ण श्रमजिवी बर्गमा अपुरणीय क्षति भएको छ ।

संविधान सभाको कार्यकालमा नेपाल ट्रेड युनियन महासंघको नेतृत्वमा सम्पुर्ण श्रमजिविहरुको तर्फबाट संविधानमा समावेश गर्नुपर्ने श्रम सम्वन्धि हक तथा सामजिक सुरक्षाको हकलाई संविधानमा समावेश गर्न दिएको सुझावहरुलाई संविधानमा समावेश गर्न वहाले खेल्नु भएको भुमिका हामी सदैव स्मरण गर्दछौ । सबिधान सभाका अध्यक्षका रुपमा नेपालको संबिधान निर्माण गर्ने र यसको कार्यन्वयन गर्ने क्रममा सदैव उहाले अग्रणी भुमिका खेल्नु भएको र उहाको योगदान नेपालको ईतिहासमा अमिटरुपमा स्थापित रहेको छ ।
शोकको यस घडिमा नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट) र जिफन्ट आवद्ध यूनियनहरुको तर्फबाट हामी कमरेड सुबासचन्द्र नेम्वाङले राष्ट्र र जनताको हितमा खेल्नु भएको योगदानको उच्च मुल्याकन सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ र शोकाकुल परिवारजनमा यस पीडालाई सहन गर्न सक्ने सार्मथ्य हासिल हुन सकोस भन्ने कामनाका साथ गहिरो समवेदना
ब्यक्त गर्दछौ ।

बिनोद श्रेष्ठ
अध्यक्ष

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय