काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलरको मूल्य १५० रुपैयाँ नाघेको छ ।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ। यसैगरी युरोको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा कायम भएको छ।
यसैगरी कतारी रियालको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३७ पैसा कायम भएको छ। साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ २ पैसा र बिक्रीदर ४० रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३७ पैसा कायम भएको छ। त्यस्तै, यूएई दिरामको खरिददर ४० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५ पैसा रहेको छ।
मलेसियन रिंगिटको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा तोकिएको छ। दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा रहेको छ। थाई भाटको खरिददर ४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६ पैसा कायम भएको छ।
त्यस्तै, कुवेती दिनारको खरिददर ४८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ५९ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ३९८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ८४ पैसा तोकिएको छ। ओमानी रियालको खरिददर ३९० रुपैयाँ ६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कतार, साउदी अरब, यूएई, कुवेतलगायत खाडी मुलुकमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन्। उनीहरूले पठाउने रेमिट्यान्समा विदेशी मुद्राको विनिमय दरले प्रत्यक्ष प्रभाव पार्ने भएकाले नयाँ दरप्रति विदेशमा रहेका नेपाली तथा नेपालमा रहेका उनीहरूका परिवारको चासो रहने गरेको छ।
स्विस फ्र्याङ्कको खरिददर १८० रुपैयाँ ५६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २८ पैसा रहेको छ। अस्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा तोकिएको छ।
त्यस्तै, क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७९ पैसा रहेको छ। सिंगापुर डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा कायम भएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले भने तोकिएको दरभन्दा फरक दरमा पनि विदेशी मुद्रा कारोबार गर्न सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकमा दर बुझ्न राष्ट्र बैंकले आग्रह गरेको छ।
