खाडीका राजदूतहरुको सुझाव: घरेलु श्रमिक अहिलेकै अवस्थामा नखोलौं

खाडीका मुलुकहरुमा कार्यरत नेपाली राजदूतहरुले अहिलेकै अवस्थामा घरेलु श्रममा पठाउन नहुने राय सरकारलाई दिएका छन् । प्रधानमन्त्रीको अग्रसरतामा सरकारले छलफलका लागि बोलाएका राजदूतहरुले सरकारलाई मंगलवारको छलफलका क्रममा यस्तो सुझाव दिएका हुन् ।

छलफलमा सहभागि एक अधिकारीका अनुसार साउदी अरव, कुवेत, बहराइन र ओमनमा कार्यरत नेपाली राजदूतहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले गन्तव्य मुलुकको कानुनमा घरेलु श्रमिकको सुरक्षाको विषय नसमेटिएसम्म, गन्तव्य मुलुकले जेनेभा अभिसन्धिका महत्वपूर्ण पक्षहरु समेटेर कानुन नबनाएसम्म तथा नेपालको प्राथमिकताका विषयलाई नसमेटेसम्म घरेलु श्रममा श्रमिक पठाउन नहुने सुझाव दिएका हुन् ।

श्रम मन्त्री शरतसिंह भण्डारीले पानी र मान्छेलाई छेकेर छेक्न नसकिने भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने बताउँदै आइरहेको समयमा गन्तव्य मुलुकहरुमा कार्यरत नेपाली राजदूतहरुले भनें त्यसमा हतार नगर्न सुझाएका हुन् । नेपाल सरकारले बन्देज लगाएका कारण अनियमित बाटो भएर घरेलु श्रमिकका रुपमा काम गर्न विभिन्न मुलुक पुग्ने क्रम भने रोकिएको छैन । बन्देजले जोखिम अझ बढाएको भन्दै यसलाई खुल्ला गर्न अधिकारकर्मीहरुले लामो समय देखि आवाज उठाउँदै आएका छन् । मन्त्री भएदेखि नै बन्देज हटाउन श्रम मन्त्री भण्डारी सकारात्मक रहेपनि राजदूतहरुले भनें हतार नगर्न सुझाव दिएका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय