विदेशको डिमाण्ड बुझ्न मेनपावर जानु नपर्ने, यसरी खोज्नुहोस् सरकारी वेभसाइटबाट नै

 

काठमाडौं, जेठ १३-

बैदेशिक रोजगारमा जाने योजनामा हुनुहुन्छ ? विदेशको कुन कम्पनीबाट कस्तो काममा डिमाण्ड(माग) आएको छ बुझ्न अव मेनपावर कम्पनीहरु चहारिरहनु पर्दैन, बैदेशिक रोजगार विभागको वेभसाइटबाट नै यसको जानकारी लिन सकिने भएको छ ।

मागपत्रहरुका बारेमा जानकारी दिन बैदेशिक रोजगार विभागले https://foreignjob.dofe.gov.np/ को व्यवस्था गरेको हो । विभागका महानिर्देशक भिष्म कुमार भुषालले फेसबुक चलाउन सक्नेले वैदेशिक रोजगारीमा जान चाहेको ठाम, काम, दाम, नेपालबाट पठाउने कम्पनी नाम सबैको जानकारी लिनका लागि विभागको वेबसाइट https://foreignjob.dofe.gov.np/ बाट विदेशको कम्पनीको मागका बारेमा बुझ्न सक्ने बताए ।

उनले दलालहरुले आकास पातल जोडेर, बढाई चढाई गरेर, हुँदै नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझासाझालाई ठग्ने काम भइरहेको भन्दै त्यसलाई रोक्न अनलाइनबाट नै मागपत्रका बारेमा जानकारी दिन सक्ने व्यवस्था मिलाएको बताए । “अब जान चाहेको कामको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको आधारमा कुनै एक ठाउँमा अलिकति स्पेलिङ मिलाएर सूचना भर्ने वित्तिकै सत्यतथ्य के हो आइहाल्छ” महानिर्देशक भुषालले भने । 

मागपत्रको खोजि कसरी गर्न सकिन्छ भनेर विभागको वेभसाइट http://dofe.gov.np/DetailPage.aspx/id/48/lan/ne-NP मा त्यससम्वन्धि जानकारी राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: