मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुट्नेलाई कारवाही गर्न माग, दूतावासद्धारा पनि पहल सुरु

मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई कडा कारवाही गर्नुपर्ने माग सुरु भएको छ । मलेसियाको ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन कँग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई तत्काल कारवाही हुनुपर्ने माग गरेको छ ।

एक मिनेट लामो भिडियोमा एक व्यत्तिले एक नेपाली सुरक्षा गार्डलाई लगातार कुटपीट गरेको देखिएको छ जुन भिडियो हाल भाईरल भएको छ । सो व्यक्तिले स्थानीय मले भाषामा बोलेको सुनिन्छ । मलेसियन ट्रेड यूनियन कँग्रेसका महासचिव जे सोलोमनले श्रमिकमाथि हुने यस्तो दुव्र्यवहार स्वीकार्य नभएको बताएका छन् । “यो दासता हो” उनले भनेका छन् “प्रहरीले यो घटनाको तत्काल छानविन गरी दोषिलाई कारवाही गर्नुपर्दछ ।”

यसैबीच सो घटनाका विषयमा दूतावास मार्फत प्रहरीमा उजुरी गरिसकिएको र छानविन सुरु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । सो घटनका विषयमा कुनै जानकारी भएमा दूतावासको इमेल ठेगाना [email protected] वा हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न समेत दूतावासले अपिल गरेको छ ।

सो भिडियो गत जुलाई ७ मा रेकर्ड गरिएको देखिन्छ ।

यो पनि पढ्नुहोस् ‘वैदेशिक रोजगारको आवरणमा हुने बेचविखन चुनौतिपूर्ण’

१६ श्रावण २०७७, शुक्रबार