
मलेसियामा केहि दिन अगाडी एक नेपाली सुरक्षा गार्डलाई निर्ममतापूर्वक कुटपीट गर्ने व्यक्ति पनि नेपाली नै भएको पत्ता लागेको छ । मलेसिया स्थित नेपाली दूतावासका अनुसार हाल दुवैजना दूतावासको सम्पर्कमा आएका छन् ।
दूतावासलेृ विज्ञप्ती जारी गर्दै कुटपीटको घटनामा कुट्ने र कुटाई खाने दुवै नेपाली नागरिक नै भएको जनाएको हो । यसअघि एक नेपालीले कुट्ने व्यक्ति भारतीय नागरिक मन्नु भएको र आफू पनि उनको दुव्र्यवहारमा परेको दावी गरेका थिए । तर भाइरल भएको भिडियो मार्फत ति नेपालीलाई कुट्ने व्यक्ति नेपाली नै भएको पत्ता लागेको हो ।
सो घटनामा कुट्ने व्यक्ति कपिलबस्तुका राम गोपाल मुराउ रहेको र कुटाई खाने व्यक्ति नवलपरासीका ईस्लाम हुसेन रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार मलेसियाको अध्यागमन कानून अनुसार दुवैजना अवैधानिक रुपमा मलेसियामा बस्दै आएको देखिएको छ ।
उनीहरुले सो घटना जुलाई ७ का दिन विहान करिव १० बजेतिर भएको बताएका छन् । पीडित व्यक्ति सुरक्षा गार्डको रुपमा काम गर्दथे भने पीडक सुपरभाइजर रहेका थिए । दूतावासमा सम्पर्कमा आएका कुटपीट गर्ने व्यक्ति मुराउ सोमवार नै मलेसियन प्रहरी समक्ष स्वेच्छाले उपस्थित भएको दूतावासले जनाएको छ ।
यो पनि पढ्नुहोस् म सम्भावित कोरोना संक्रमित