म सम्भावित कोरोना संक्रमित

 

– दीपक पुडासैनी

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस नेपालमा पनि दिनदिनै बढ्दै गइरहेको छ । हालसम्म मृत्यूदर न्यून रहेको भएपनि दिन दिनै संक्रमितको संख्या उकालो लाग्दै जानुलाई पक्कै पनि सकारात्मक रुपमा लिन सकिंदैन । विश्व विनासक उक्त कोभिड-१९ का बारेमा लाग्छ अव त कोहि पनि अनभिज्ञ छैनन् । तर अति जानेबुझेर हो वा नजानेर हो, यसले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढाउँदै लगेको छ ।

नेपालमा लकडाउन सुरु हुँदा जसरी गाउँ गाउँमा बाहिरबाट आउनेलाई अवरोध गरियो, गाउँ छिर्न दिईएन, आफ्नै दाजुभाइ, भतिज, छोरीबुहारी, बहिनीलाई अपराधी जस्तो ब्यवहार गरियो । आज चार महिना ब्यतित हुँदापनि त्यस्ता कृयाकलाप गर्नेहरुमा चेतना नपलाउनु पक्कै दुःखद पक्ष हो । त्यहि अर्धचेतनाको अवशेषले आज विदेशबाट फर्कनेहरुले गाउँ समाजको छिछी दुरदुर सहनु परेको छ । विदेशबाट फर्किएकाहरु यहि गाउँका सदस्य हुन्, रोग लिएरै आएका भएपनि उचित प्रोत्साहन हौसला तथा साथ सहयोगले निको हुन्छ भन्ने चेतना नपलाएको देख्दा भने उदेक लाग्छ ।

विदेशबाट आएको छ भन्दैमा कोरोना संक्रमण लिएरै आएको छ भन्न सकिदैन । तर जो विदेशबाट आएको छ उ आफैले चाहिं आफुलाई सम्भावित संक्रमित घोषणा गर्नुपर्छ, जसले परिवार समाज र देशमा संक्रमण नियन्त्रण गर्न मद्दत गर्छ ।

“म विदेशबाट आएको हुँ, हवाईजहाज लगायतका यातायातका साधनहरुबाट मलाई संक्रमण सरेको हुन सक्छ भन्ने भन्ने घोषणा आफैले गर्ने हो । सरकारी क्वारेन्टाइन वा होम क्वारेन्टाइन जहाँ बसेपनि १४ दिन अरुभन्दा कम्तिमा २ मिटर टाढा रहन्छु, नियमित हात धुन्छु तथा ब्यक्तिगत सरसफाईमा विशेष ध्यान पुर्याउंछु । स्थानिय स्तरमा भएका क्वारेन्टाइनमा भन्दा पनि होम क्वारेन्टाइनमा अझ बढी सजग रहन्छु । घरमा स–साना बालबच्चा, बुढाबुढी अनि कोहि दिर्घरोगी भएमा त मेरो जिम्मेवारी अझ बढी हुन्छ किनकी मैले भाइरस ल्याएको हुन सक्छु र मबाट नै मेरो परिवारमा संक्रमण सर्न सक्दछ । त्यसैले आफुलाई १४ दिन एउटै कोठामा सीमित गर्छु, दुईतिन मिटर भन्दा नजिक कसैलाई आउन दिन्न, परिवारका सदस्यसँग कुरा गर्नुपरे माक्स लगाउँछु, आफुले छोएका कुनै सामग्री परिवारका सदस्यलाई छुन दिन्न । आफुले खाएका भाँडाकुँडा तथा प्रयोग गरेको बाथरुम आफंै सफा गर्छु, आफुले लगाएको लुगा आफैं धुन्छु किनकी जवसम्म परिक्षण गरेर कोरोना संक्रमण नभएको रिपोर्ट आउँदैन तबसम्म म सम्भावित कोरोना संक्रमित हुँ ।”

परिवार, समाज र देशका नागरिकको स्वास्थका बारेमा अलिकति मात्रै पनि चिन्ता गर्ने र आफुले आफैंलाई भोली सम्भावित अपराधी घोषित गर्नु भन्दा पहिले विदेशबाट फर्कनेले यति समझदारी अपनाउनै पर्दछ ।

यो पनि पढ्नुहोस गोकर्ण विष्टले ‘कारवाही’ गरेका व्यक्ति वर्तमान श्रममन्त्रीद्धारा ‘पुरस्कृत’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय