मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने व्यक्ति भारतीय मुलका ‘मन्नु’ भएको दावी

मलेसियामा एक सुरक्षा गार्डलाई अमानविय रुपमा कुटपीट गर्ने व्यक्ति भारतीय मुलका मलेसियन नागरिक ‘मन्नु’ भएको मलेसियामा रोजगारी गरेर फर्केका एक नेपालीले बताएका छन् । बनेपाका सन्तोष सापकोटाले सो व्यक्ति यसअगाडी एलायन्स सेक्यूरिटी कम्पनीमा सुपरभाइजरका रुपमा काम गर्ने भएको बताएको नेपाली टाइम्सले समाचार लेखेको छ । यद्यपी यसका बारेमा थप जानकारी प्राप्त भएको छैन ।

सो व्यक्तिले यसअगाडी पनि धेरै व्यक्तिलाई यसरी नै कुटपीट गरेको, आफूमाथि पनि दुव्र्यवहार भएको र त्यसका बारेमा आफू नेपाल फर्किनु अगाडी मलेसिया स्थित नेपाली दूतावासमा आफूले उजुरी गरेको सापकोटाले बताएको समाचारमा उल्लेख छ । चार बर्ष मलेसियामा रोजगारी गरेर फर्केका सापकोटाले आफूले योजना बनाएभन्दा पाँच महिना पहिले नै नेपाल फर्केको पनि बताएका छन् ।

सापकोटाले मन्नु भनिने सो व्यक्ति हाल पनि एलाइन्स सेक्यूरिटीमै कार्यरत रहे नरहेको बारेमा भनें आफू यकिन नरहेको बताएको समाचारमा उल्लेख छ । सो व्यक्तिबाट गाली खानु वा कुटाई खानका लागि कुनै कारण आवश्यक नपर्ने सापकोटाले बताएका छन् ।

सो व्यक्तिले निर्ममतापूर्वक ति सुरक्षा गार्डलाई कुटपीट गरेको भिडियो अहिले भाइरल भएको छ । मलेसियाका विभिन्न संघसंस्थाहरुले पनि सो व्यक्तिलाई पक्राउ गरी कारवाही गर्नुपर्ने भन्दै दवाव सुरु गरेका छन् । मलेसिया स्थित नेपाली दूतावासले पनि नेपाली भनिएका ति कुटाई खाने व्यक्तिलाई दूतावासको सम्पर्कमा आउन, यसका बारेमा कुनै जानकारी भएमा दूतावासमा उपलव्ध गराउन आग्रह गरेको छ । यसका विषयमा स्थानीय प्रहरीमा पनि दूतावासले जानकारी गराएको छ ।

यसैबीच मलेसियन प्रहरीले सो घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ । स्थानीय सञ्चार माध्यमहरुले स्थानीय प्रहरी अधिकारलाई उधृत गर्दै कुटपीट गर्ने व्यक्ति पाकिस्तानी नागरिक भएको र कुटाई खाने नेपाली रहेको प्रारम्भीक अनुमान गरेको लेखेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको समाचारमा उल्लेख छ । घटनाका बारेमा जानकारी लिन जोसुकैलाई बोलाउन सकिने प्रहरीले बताएको छ । प्रहरीले घटनाका बारेमा जानकारी भएमा ०१६-३७६ ७३९०, ०१६-२०१ ४३३४ वा ०३-२११५ ९९९९ मा खवर गरिदिन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुट्नेलाई कारवाही गर्न माग, दूतावासद्धारा पनि पहल सुरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय