कुटाई खाने सुरक्षा गार्डलाई नै जेल, कोर्रा र जरिवानाको मुद्धा लगाउने प्रहरीको तयारी !

मलेसियामा सुपरभाइजरबाट निर्ममतापूर्वक कुटाई खाएका एक नेपाली सुरक्षा गार्डलाई १० बर्षसम्म जेल सजाय, कोर्रा र आर्थिक जरिवाना हुनेगरी प्रहरीले मुद्धा चलाउने गरी अनुसन्धान प्रकृयालाई अगाडी बढाएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनलाई एक स्थानीय महिलालाई दुव्र्यवहार गरेको आरोपमा दफा ३५४ अन्तर्गत मुद्धा चलाउने प्रहरीको तयारी छ । सो अन्तर्गत मुद्धा चलाइएमा बढीमा १० बर्षसम्म कैद, कोर्रा हान्ने र आर्थिक जरिवाना हुने समाचारमा जनाइएको छ ।

क्वालालम्पुरका प्रहरी अनुसन्धान प्रमुख निक रोस अजहन अव हमिदले पीडित र पीडक दुवै व्यक्ति हाल प्रहरीको हिरासतमा रहेको र उनीहरुको मलेसिया बसाईको वैधानिकता जाँच्न अध्यागमन कार्यालयलाई अनुरोध गरिएको भन्दै सो कार्यालयबाट रिपोर्ट प्राप्त भएपश्चात मुद्धा अगाडी बढाउने तयारी रहेको जानकारी दिएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।

गत साता एक सुरक्षा गार्डलाई मलेसियामा उनका सुपरभाइजरले अमानविय रुपमा कुटपीट गरेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले पनि ति कुटाई खाने व्यक्ति नेपाली भएको पुष्टि गरिसकेको छ । मलेसिया स्थित नेपाली दूतावासले पनि कुटाई खाने र कुट्ने दुवै नेपाली नागरिक भएको र उनीहरु मलेसियाको कानुन अनुसार अवैधानिक रुपमा मलेसियामा बस्दै आएको जनाएको छ । कुटाई खाने सुरक्षा गार्ड ईस्लाम हुसेन हुन् भनें कुट्ने व्यक्ति राम गोपाल मुराउ भएको जनाइएको छ ।

ईस्लाम हुसेनका तर्फबाट मुद्धा लडेकी अधिवक्ता सुमिथा कृष्णाका अनुसार ईस्लामले केहि महिना अगाडी नै ति स्थानीय महिलालाई दुव्र्यवहार गरेको अभियोग लगाइएको भएपनि प्रहरीमा उजुरी भनें ईस्लाम पक्राउ पर्नु तीनदिन अगाडी मात्र गरेकी छन् । ईस्लामले अभियोग अस्विकार गरेको अधिवक्ता कृष्णाले बताएकी छन् ।

कुटपीटको सो भिडियो सोसल मिडियामा भाईरल भएपछि पीडकलाई पक्राउ गर्नुपर्ने दवाव बढेको थियो । कुटपीटमा एक नेपाली नै संलग्न भएको भन्दै दूतावासले निकालेको विज्ञप्तीमा पनि धेरैले असमति जनाउँदै त्यसको विरोध गरेका थिए ।

यो पनि पढ्नुहोस् मलेसियाबाट स्वदेश फर्किन टिकट काट्न नसक्नेहरुले निवेदन देउः दूतावास

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय