
हरिकृष्ण न्यौपाने, कुवेत-
करिब ४ बर्ष पहिले कुवेतको नेशनल खराफी कम्पनीमा रोजगारीका लागि आएका बर्दिया मुनाल बस्ती ४ का गणेश न्यौपाने बिगत ३ बर्ष देखी परिवार र आफन्तसंग बेखबर भएका छन् । उनको परिवारले गणेशको खोजीका लागि अग्रह गरेका छन।
राप्ती भेरी कर्णली एकता समाज कुवेतका अध्यक्ष पवन वली मार्फत उनको परिवार र आफन्तले करिब ३ बर्ष देखी बेखबर रहेका गणेशको खोजीको लागि नेपाली दुताबास कुवेत, कुवेतमा रहेका नेपाली संघसंस्थाहरु, पत्रकारहरुलाई अनुरोध गरेका हुन।
आएको १ बर्षसम्म आएकै कम्पनी नेशनल खराफीमा काम गर्दै परिवारको सम्पर्कमा रहेका गणेश न्यौपाने एका एक सम्पर्कविहिन भएका हुन। ३ बर्ष देखी बेखबर गणेशको श्रीमती, २ छोरी र १ छोरा छन्।
फोटोमा देखिएको गणेश न्यौपानेलाई कुवेतमा कसैले देख्नु र चिन्नु हुन्छ भने निम्न सम्पर्क नम्बरमा सम्पर्क गरी खबर गरिदिनु होला।
पवन कुमार वली ५०७७७८७६, हरि तिवारी ६५११२५६९