दुई छोरा मलेसियामा बेखवर, आमा भन्छिन् फोन मात्रै गरिदिए आधा विरामी कम हुन्थ्यो

अर्जुन काफ्ले, मोरङ्ग
मोरङ्ग उर्लावारी २ भुसीका १२ वर्षका विकल शेर्पालाई गाउँ आसपासमा कोहि विदेशबाट फर्किए भने आफ्ना वुवाको खवर पनि ल्याएकी भन्ने आश लाग्छ । ६ कक्षामा पढ्दै गरेका उनलाई गाउँमा मात्रै नभइ नजिकका कुनै गाउँमा अरबवाट कोहि फर्किए भने आफ्ना वुवाको वारे जानकारी ल्याउलान् कि भन्ने आश मरेको छैन । विकलकी हजुरआमा मिना शेर्पाको पनि हराएका छोरा फर्किएर आउलान् कि भन्ने आश अझै जिवितै छ ।

वुढेसकालका सहारा मानेका मिनाका दुई छोराहरु नै अहिले साथमा छैनन् । जेठा छोरा हराएको पिडा खेपेकी शेर्पाले कमाउन मलेसिया गएको कान्छो छोरा विक्रम शेर्पा पनि ३ वर्ष देखि परिवारको सम्पर्क वाहिर भएपछि थप चिन्ता थपिएको छ । मिनाका श्रीमानको जण्डीसका कारण १२ वर्ष अगाडी नै मृत्यु भइसकेको छ ।

५ वर्ष अघि रोजगारीका सिलसिलामा मलेसिया गएका विक्रमले ३ वर्ष देखि घरमा फोन गरेका छैनन् । वुवा फर्र्किएर आउने आश राखेका विकलले विदेशबाट फर्किने जोसुकैलाई आफ्ना वुवाको वारेमा सोधेर हैरान बनाउने गरेको मिना शेर्पा वताउँछिन् । ‘नयाँ मान्छे आउनै हुन्न वुवाका वारेमा जानकारी छ कि भनेर सोध्न पुग्छ’ शेर्पाले भनिन् ‘के भनेर सम्झाउने म सक्दिन ।’ विकलकी आमाको ७ वर्ष अगाडी नै निमोनियाका कारण मृत्यु भइसकेको छ ।

विक्रमले सामाजिक सञ्जालमा दुई वर्ष अगाडी एक सेक्युरेटी कम्पनीमा काम गरेको पोशाक सहितको फोटो पोष्ट गरेको भेटिए पनि त्यस पछि उनको वारेमा कसैलाई जानकारी छैन । व्ल्याक ह्युमर सेक्युरेटी कम्पनीको पोशाक लगाएर खिचेको तस्विर नै मिनाले उनको घरमा जानेलाई देखाउने तस्वीर हो ।

६ महिनाका नाति छोडेर हिडेका जेठा छोरा अहिलेसम्म फर्किएका छैनन् भने कान्छा छोरा पनि मलेसिया कमाउन गएको अत्तोपत्तो नहुँदा चिन्ता थपिएको छ । श्रीमानको मृत्यु पछि सहारा बनेका दुवै छोरा वेपत्ता भएपछि र आफूलाई बुढेसकाल लाग्न थालेपछि मिनालाई थप चिन्ताले सताउन थालेको छ । शरिरमा तागत हुन्जेल त नजिकको जंगलबाट घाँस वोकेर बाख्रा पाठा पालेर घर व्यवहार चलाउने गरेको तर अहिले रोगले च्याप्न थालेपछि केहि गर्ने आश नै मरेको उनको भनाइ छ । पछिल्लो समय विरामीले थलिएकी शेर्पालाई दुवै छोरा फर्किदिए हुन्थ्यो भएको छ ।

शेर्पा अहिले विरामी छिन् । नशाको रोगी उनलाई चिकित्सकले आराम गर्ने सल्लाह दिएका छन् । एक झोला औषधी देखाउदै उनले भनिन्, मैले आराम गरें भने मेरा दुईवटा नाति भोकै हुन्छन् । विरामी भएको बेला छोराले फोन गरे पनि आधा रोग कम हुन्थ्यो कि ?
शेर्पाका घरमा पुग्ने जो कोहिलाई मिना सोध्ने गर्छिन मेरो कान्छो फर्किन्छ कि ? मलेसियामा भएका नेपाली दुतावास, नेपाली संघ सस्थालाई शेर्पाले छोरोको अवस्था पत्ता लगाइदिन आग्रह गरेकी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय