अर्जुन काफ्ले, उर्लाबारी मोरङ्ग
मोरङ्ग उर्लाबारी २ सुन्झोडाका महेन्द्र खड्का संयुक्त अरव ईमिरेट्स (युएई) गएको ३ बर्ष भयो । गत असोजसम्म परिवारको सम्पर्कमा रहेका महेन्द्र असोजको २० पछि भने परिवारका कुनै सदस्यसँग सम्पर्कमा छैनन् ।

भिजिट भिषामा युएई पुगेका उनले केहि समय होटलमा काम गरे । भिसा लगाउन र केहि कागजात बनाउन भन्दै नेपालबाटै महेन्द्रले पैसा मगाए । छोराले रकम आवश्यक परेको भन्दै फोन गरेपछि उनकी आमा खड्गमाया खड्काले युएई पैसा पठाइदिइन । त्यसपछि केहि समय परिवारसँगै राम्रो सम्पर्क थियो महेन्द्रको ।

‘एक वर्षसम्म सुपरमार्केटमा काम गरेको र कमाई पनि राम्रो नभएको भन्दै फोन गथ्र्यो पछि काम छोडेको भन्दै फोन गरेको थियो । नयाँ कम्पनीमा काम गर्न भिसा लगाउन भन्दै घर बाटै पैसा मगाएपछि कुवेतमा रहेकी वहिनीले पैसा हालिदिएकी थिई’ खडगमायाले देशपरदेशसँग भनिन् ‘कमाई भएन भन्दै युएइमै थियो, दशैमा घर आउने भनेको मान्छे सम्पर्क भन्दा बाहिर भयो ।’

महेन्द्रले पटक पटक गरेर करिव ५ लाख ५० हजार भन्दा बढि नेपाली रुपैया युएई मगाएको र के मा प्रयोग गरेको समेत परिवारका सदस्यलाई जानकारी दिएका छैनन् । कहिले परिवारका सदस्यलाई काम नपाएर सडकमै बस्नु परेको त कहिले भिसा लगाउन अति आवश्यक रहेको भन्दै पैसा मगाउने गरेका थिए ।

पछिल्लो समय राइडरका रुपमा काम गरेको र त्यसमा पनि पैसा नदिएको गुनासो गर्ने गरेका थिए महेन्द्रले । त्यसपछि उनले दशैमा घर फर्किने र घर फर्किन आवश्यक पैसा नभएकाले पैसा पठाइदिन आग्रह गरेका थिए । असोजको दोश्रो साता परिवारले १ लाख ५० हजार रुपैया पठाएपछि भने उनी सम्पर्कविहिन भएका छन् । उनी सम्पर्कविहिन भएपछि परिवार आत्तिएको छ । उनका बारेमा तपाईले कुनै जानकारी पाउनु भएको भए ९८१७३४९६३० मा सम्पर्क गरिदिनु हुन आमा खड्गमायाले आग्रह गरेकी छन् ।

(हामीले परिवारलाई मद्धत गर्न उनको पछिल्लो तस्विर सहितको यो सामग्री प्रकाशन गरेका छौं । उनको तस्विर प्रयोगका लागि परिवारको अनुमति रहेको छ । हराएका परदेशीलाई परिवारसँग पुन: सम्पर्क स्थापित गर्ने देशपरदेशको झण्डै १० बर्षदेखिको अभियान हो । यस क्रममा परिवारसँग यसरी नै सम्पर्कविहिन भएका १९ जनाले पुन: परिवारसँग सम्पर्क गरेको जानकारी हामीसँग छ ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय