कुवेतमा हराए एक नेपाली

  

रञ्जना लम्साल, नवलपरासी-

उनी हुन् केशवराज मश्राङ्गी मगर । बैदीकाली गाउँपालिका ३ घर भएका उनी गएको कात्तिक २७ गते बैदेशिक रोजगारीको लागि कुवेत उडेका हुन् । सन एण्ड कम्पनीमा लेवर काममा कुवेत पुगेका उनलाई २४ घन्टापछि मात्र कम्पनीबाट लिन गएको परिवारलाई जानकारी आएको थियो ।

उनी पहिलो पटक भने बिदेश गएका होईनन् । उनी पहिलो पटक कतार, त्यसपछि साउदी र पछिल्लो पटक कुवेत पुगेका थिए । कुवेत पुगेको १५ दिन बितिसक्दा पनि परिवार उनको बारेमा केहि जानकारी नपाउँदा चिन्तित छ । परिवारको चिन्ता बढाउने कारण अर्को पनि छ ।

परिवारको मोवाईलमा एउटा भिडियो आईपुग्यो । त्यो कसले पठाएको हो परिवारका सदस्यहरुलाई थाहा छैन । अरबी भाषामा भएको कुराकानी हेर्दा केशवसँग झगडा परेजस्तो देखिन्छ । एकाएक केशव बेखवर हुनु र त्यस्तो भिडियो आईपुग्नुले परिवारलाई चिन्तित बनाएको छ ।

केशब सम्पर्कविहिन भएसँगै उनकी श्रीमती भुमीसराको आँखा आभानो भएको छैन । एक छोरा र एक छोरीका बाबु केशब पछिल्लो समय कहाँ छन् र कस्तो अवस्थामा छन् बुझिदिन परिवारले आप्रवासी स्रोत केन्द्र (सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द्र) कावासोतीमा निवेदन दिएका छन् ।

उनले कुवेत पुगिसकेपछि मानसिक रुपमा फरक खालको ब्यवहार देखाएको जानकारी आफूले कुवेतबाट पाएको उनलाई पठाउने एजेन्टले बताएको केशवका दाजु तारा बहादुरले जानकारी गराएका छन् । उनी कुवेत पुगेपछि शुरुमा राखिएको क्याम्पबाट अर्को क्याम्पमा सारिएका थिए र सो पश्चात उनी बेखवर भएको परिवारको भनाई छ ।

तपाईले यो तस्वीरमा देखिएका केशवलाल मश्रांगी मगरलाई कुवेतमा देख्नु भएको छ भने परिवारलाई नेपालमा ९८४४७४९१७७ मा सम्पर्क गरिदिनु होला । अथवा आप्रवासी स्रोत केन्द्र कावासोतीको टेलिफोन नम्वर ०७८ ५४०३११ मा सम्पर्क गरिदिन सक्नुहुन्छ । (यो सामग्री २०७५ मंसीर ९ गते प्रकाशित भएको हो ।)

यो पनि पढ्नुहोस् स्वदेशमै रोजगारी र विदेश जानेले पनि राम्रो कमाउने वातावरण बन्दैछः मन्त्री विष्ट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय