‘म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न’

कावासोती, पुष २०- पैसा कमाउन विदेश गएकी छोरी विदेशमा बन्धक बनाइएकी छ रे भन्ने सुन्दा आमाको मनमा के वित्छ, त्यो पार्वती नेपालीलाई नै थाहा छ । ७ सन्तान मध्येकी कान्छि छोरी सन्तमायालाई साहुले साउदीमा बन्धक बनाएर काम गराएको ६ वर्ष वित्यो ।

३ कक्षासम्म पढेकी सन्तमाया भारतको बाटो हुँदै भिजिट भिषामा साउदी पुगेकी हुन् । यसअघि फोनमा बोल्दा नेपाली बोल्न समेत बिर्सिएँ आमा भन्ने छोरीलाई कसरी नेपाल फर्काउन सकिएला भनेर परिवार चिन्तामा छ ।

रोजगारीका लागि भारत गएका पार्वतीको एउटा छोरा तुलबहादुर उतै हराए । छोरी सन्तमाया पनि वेखवर छिन् । यसले पार्वतीको मनमा औडाहा चलिरहन्छ । उनी भन्छिन् म चरा भएपनि भुरुर्र उडेर जान्थें भने झैं हुन्छ । रनबन डढेको के देखिन्छ र ? मेरो मन रुवाएको त कसैले पनि देखेको छैन ।

उनी जाँदाको भिजिट भिषाको फोटाकपी पनि आमा पार्वतीले जतन गरेर राखेकी छन् । साउदी अरवबाट सन्तमायालाई नेपाल फर्काउन तपाईले कुनै सहयोग गर्न सक्नुहुन्छ की ? उनका बारेमा तपाईसँग कुनै जानकारी भएन तपाईले नेपालमा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, कावासोतीको फोन नम्वर ०७८ ५४०३११ मा खवर गरिदिनुहोला ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय