विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

कैलाली

कैलाली चौमालाका खगेन्द्र बहादुर साउद पहिले भरतमा केहि समय रोजगारी गरेर फर्केका हुन् तीन बर्षअघि उनी कमाउन भन्दै मलेसिया गए झण्डै अढाई लाख लगानी गरेर मलेसिया गएका ऋण तिरेर केहि पैसा कमाएर घर फर्किने तयारीमा रहेका खगेन्द्र अकस्मात बेखवर भए

‘म आउँछु अव, मेरो म्याद पनि पुगिसक्यो, दुई महिना बाँकी , असोजको अन्तिमसम्ममा आइपुग्छु भन्दै हुनुहुन्थ्यो’ खगेन्द्रकी श्रीमति ललिताले भनिन् ‘त्यस्तो विरामी छु पनि भन्नु भएको थिएन ।’

एकजना साथिले मलेसियाबाट खगेन्द्र मानसिक रुपमा विरामी परेको भन्दै उनलाई लिन काठमाडौं आउन खवर गरेपछि परिवारका सदस्य काठमाडौं पनि पुगे तर दिनभरी विमानस्थलमा पर्खिदा पनि साथिले भनेको दिन खगेन्द्र काठमाडौं उत्रिएनन्

मलेसिया पठाउने मेनपावर कम्पनीलाई छोरो खोज्न दवाव दिन काठमाडौं जाने हतारोमा गहुँ छर्दै गरेका खगेन्द्रका बाबु झंकर साउदलाई छोरो यसरी लापत्ता भएको देख्दा अचम्म लागेको उनलाई आफ्ना छोरालाई उनैका साथिहरुले फसाएको आशंका

घर फर्किन्छु भन्दा भन्दै एक्कासी खगेन्द्र हराएपछि परिवार चिन्तित ऋण तिरिसकेर कमाएको केहि रकम लिएर फर्किने तयारीमा रहेको अवस्थामा बेखवर भएका खगेन्द्रका बारेमा कसैले जानकारी गराइदेला भन्ने आश बाँकी नै परिवारको ललिता भन्छिन् ‘कसैले देख्नुभएको भनें बरु यहाँबाट मान्छे नै पठाउँथे गएपनि बरु उनकै भागको जग्गा नै बेचौंला उनलाई ल्याउन एक कठ्ठा जग्गा कम हुन्छ उनलाई भेटाउने मान्छेलाई देउता मान्नेछु उनलाई आफ्नो बुवाजस्तै मान्नेछु, किनकी मेरो बुवा पनि छैनन् आमा पनि बुढी छन् मेरो माइतमा पनि कोहि छैनन एक्लो दाई त्यसैले भेटाईदिनेलाई मेरो बुवाजस्तै, दाईजस्तै मान्नेछु ।’

खगेन्द्रलाई तपाईले मलेसियामा कहिं देख्नु भएको छ ? देख्नुभएको भनें परिवारलाई नेपालमा ९८६८७०७६३९ मा खवर गरिदिनुहोला यसैगरी सुरक्षित बैदेशिक रोजगार सुचना तथा परामर्श केन्द्र, कैलालीको फोन नम्वर ०९१ ५२२ १५१ मा पनि खवर गरिदिन सक्नुहुन्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय