मलेसियामा उनलाई तपाईले कहिं देख्नु भएको छ ? 

नवलपरासी- कमाउन भन्दै मलेसिया गएर उतै बेखवर भएका श्रीमान्को व्यवहार सम्झिंदा पनि अव त दमावन्ती बयाम्वूको मन मरेर आउँछ । पहिले भारत गएर साढे दुई बर्ष उतै बेखवर हुँदा उनले गाउँका मान्छे पठाएर खोज्न लगाएर श्रीमान्लाई घर फर्काएकी थिईन् । तर ६ बर्ष अघि मलेसिया हिंडेका उनका श्रीमान् न घर फर्किन्छन्, न त पैसा नै पठाउँछन् । त्यसैले दुखजिलो गरेर दमावन्तीले नै घर परिवार चलाउँदै छिन्, छोराछोरी हुर्काउँदै छिन् ।

उनले किस्तामा तिर्नेगरी केहि खेत जोडिन् । घरमै रक्सी बनाएर अनी अरुको ज्यालामजदुरी गरेर  उनले किस्ता तिरिसकेकी छिन् । त्यसैले अहिले  खान लाउनको दुःख भनें छैन उनलाई ।

बाबु बेखवर भएपछि छोरा १५ बर्षको उमेरमा नै कमाउन माल्दिभ्स गएका छन् । उमेर बढाएर नागरिकता र पासपोर्ट बनाएर गएका उनले अहिले केहि कमाएर  पैसा पठाउन थालेका छन् जसबाट दमान्वतीले श्रीमान् जाँदाको ऋण तिरिन् । श्रीमान् जाँदा लागेको १ लाख ५० हजार ऋण बढेर तीन लाख पुगेको थियो । छोराले माल्दिभ्सबाट कमाएर पठाएपछि उनले त्यो ऋण भनें तिरेकी छिन् ।

श्रीमान् मलेसियामा बेखवर भएपछि र छोरो माल्दिभ्स गएपछि ११ बर्षकी छोरी लिएर दमावन्ती घरमा बसेकी छिन् । हामी उनलाई भेट्न उनको घरमा गएको दिन उनको खेतमा धान काट्ने काम हुँदै थियो ।

तपाईले केशबहादुरलाई मलेसियामा कहिं देख्नु भएको छ की ? छ भनें उनका बारेमा परिवारलाई ९८१७४३७१४३ मा फोन  गरिदिनु होला । यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, कावासोतीको फोन नम्वर ०७८ ५४०९५७ मा फोन गरिदिनु होला । आशा छ तपाई हाम्रो सामुहिक प्रयासले उनलाई फेला पार्न सकिनेछ ।

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय