विदेशबाट अस्मिताले फोन नगर्दा घरमा चिन्ता  

काठमाडौंधादिङ निलकण्ठ नगरपालिका की अम्मिता पौडेल कुवेत गएकी हुन् घरमा छन् श्रीमान् सानुबाबु पौडेल, दुई छोरा सासु ससुरा अस्मिता पौडेल कुवेत गएको बर्ष लाग्यो घरेलु कामदारका रुपमा कुवेत गएकी उनी दुई बर्षसम्म फोन सम्पर्कमा थिइन् त्यसपछि उनी सम्पर्कमा छैनन

अस्मिताका श्रीमान सानुबाबुका अनुसार उनीसँग फोन सम्पर्क नभएको झण्डै तीन बर्ष हुन लाग्यो त्यसैले उनको खोजिका लागि पौडेल परिवारले सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएको त्यो बाहेक खोजिको अन्य उपाय देखेको छैन परिवारले  

अस्मिताका दुईटा छोरा मध्ये जेठो कक्षामा पढ्दैछन् कान्छो मा आमा लामो समय देखि बेखवर हुँदा गाउँलेले गर्ने अनेकथरी कुराले उनीहरुलाई पनि मानसिक तनाव दिएको गाउँलेले अव तिमिहरुकी आमा आउँदिनन् भन्दा उनीहरु हजुरआमासँग त्यहि कुरा सोधिरहन्छन्  

भुकम्पले पुरानो घर भत्काईदिएपछि पौडेल परिवार झण्डै एक बर्ष पालमा बस्यो त्यसपछि एउटा अस्थायी टहरोमा सरे उनीहरु अहिले जसोतसो घर बनाउँदैछन् बर्षेनी झण्डै २७ मुरी धान उव्जिने खेतबारी दुईटा छोरा जिम्मा लगाएर परदेशिएकी बुहारी यसरी बेखवर भएपछि घरायसी काम सवै बृद्ध सासु झलककुमारीको काँधमा आइपरेको

तपाईले यो तस्वीरमा देखिएकी अस्मिता पौडेललाई कुवेतमा कहिं देख्नभएको वा उनलाई चिन्नुहुन्छ भनें कुवेतमा देशपरदेशका सहकर्मी हरिकृष्ण न्यौपानेको फोन नम्वर ६५० ४२ २१६ मा फोन गरेर जानकारी गराइदिनुहोला  

यसैगरी घरमा श्रीमान सानुबाबु पौडेललाई ९८२३ ६९ ७७ ४७ मा पनि खवर गरिदिन सक्नुहुन्छ तपार्ईले सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, धादिङको फोन नम्वर ०१० ५२० ४९३ मा पनि खवर गरिदिन सक्नुहुन्छ आशा गरौं झण्डै बर्ष अघि कुवेत गएर विगत झण्डै तीनबर्षयता परिवारसँग सम्पर्कमा नरहेकी अस्मिताको छ्टिटै परिवारसँग सम्पर्क हुनेछ  

भिडियो हेर्नुहोस् 

आमाको मनः कान्छो घर फर्किदिए घरजम गरिदिन्थें 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय