आमाको मनः कान्छो घर फर्किदिए घरजम गरिदिन्थें 

खोटाङ, जेठ १४- 

दिक्तेलबाट झण्डै एक घण्टाको पैदल हिंडाईपछि पुगिन्छ सोल्मा डाँडाटोल । विहानीको समयमा रामकुमारका माइला दाजु भीमप्रसा राई बारी जोत्दै थिए । उनकी आमा देशलक्षी खाना बनाउँदै थिइन् । भाइ खेलाउने जिम्मा पाएका भीमप्रसादका छोराछोरी खाना खाएर स्कुल तिर लागे ।

देशलक्षी राईका तीन छोरामध्ये एउटा तराई झरेका छन्, भीमप्रसाद सँगै छन्, कान्छो छोरो रामकुमार साउदी गएका हुन् । २०६३ सालमा साउदी गएका उनले साढे तीनबर्षसम्म बेला बेला चिठ्ठी पठाउँथे, फोन गर्थे र घर खर्च पनि पठाउँथे ।

पहिले बेला बेलामा चिठ्ठी पठाउने गरेका रामकुमारले आफ्नो काम सरसफाइको रहेको बताएका थिए । उनले अन्तिम पटक पठाएको चिठ्ठीमा अल क्वासीम भन्ने ठेगाना लेखिएको छ । तर उनी अकस्मात सम्पर्कविहिन भएपछि राई परिवारलाई समस्या आइपरेको छ ।

अविवाहित कान्छो छोरो घर फर्किदिए उसको घरजम गराइदिन पाए हुन्थ्यो भन्ने आश छ आमा देशलक्षीको ।

यो रामकुमारले चिठ्ठीसँगै साउदीबाट पठाएको तस्वीर हो । उनी अहिले कहाँ छन् पत्तो छैन । साउदी गएका उनका बारेमा तपाईले कुनै जानकारी पाउनु भएको छ भनें परिवारलाई ९८४२८ ६६ १ ३१ मा खवर गरिदिनुहोला । यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, खोटाङको फोन नम्वर ०३६ ४२० ५२७ मा पनि जानकारी गराउन सक्नुहुन्छ ।

भिडियो हेर्नुहोस् 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय