
सुनिल न्यौपाने, काठमाडौं-
नुवाकोटको सदरमुकाम विदुरबाट रसुवा जाने बाटो हुँदै निक्कै कठिन उकालो उक्लिंदै हामी रुपसिंह तामाङको घर पुग्यौं । फिकुरी ४ कर्कलेमा उनको घर डिल मास्तिर एकान्त जस्तै ठाउँमा छ । हामी, दिउँसो उनको घरमा पुग्दा उनीहरु घरायसी काममा व्यस्त थिए । परिवारमा दुई छोरी, एक छोरा र बाबु आमा हुन् । बर्षभरी खान पुग्ने पाखो बारी र खेत छ, घरमा दुहुना भैसी छन्, खासै दुःख छैन खान लाउनको । आमाबाबुलाई पीर छ त केवल मलेसिया गएर उतै हराएको छोरो जीतबहादुरको ।
उनका बारेमा पुरा जानकारी सहितको भिडियो हेर्नुहोस्