मलेसियामा बेखवर, परिवार चिन्तामा 

रञ्जना लम्साल, नवलपरासी, पुष १४ 

बाबु रोजगारीका लागि विदेशिंदा गर्भमै भएकी छोरी १० बर्ष लागिन् । तर उनले आफ्ना बाबु कस्ता थिए भन्ने देख्न पाएकी छैनन् । २०६३ असोजमा रोजगारीका लागि मलेसिया उडेका लालबहादुर ढाडा परिवारसँग सम्पर्क विहिन भएको ६ बर्ष वितेको छ । 

बिदेश गएको ४ बर्षसम्म सम्पर्कमा रहेका र परिवारलाई राम्रैसँग पैसा पनि पठाइरहेका लाल बहादुर यसरी एक्कासी कहाँ बेपत्ता भए कसैले लख काट्न सकेको छैन । बिदेश गएको ४ बर्ष पछि उनले फोनमा अव म दुई चार महिनामा नै आउँछु भनेर खवर गरेका उनी त्यसपछि एकाएक हराए । 

उतिबेलाकोे समय । को कुन म्यानपावर कम्पनी मार्फत विदेश जान्छ भन्ने सोधिखोजि पनि उति हुन्नथ्यो । त्यसैले लालबहादुर कुन म्यानपावर कम्पनीबाट विदेश गएका हुन् भन्ने परिवारलाई जानकारी छैन । केवल थाहा छ त उनी मलेसिया गएका हुन् र उनलाई पठाउने चाँजोपाँजो मिलाएका थिए नरबहादुर ढाडाले । 

भिनाजु नाता पर्ने नरबहादुरलाई पनि लालबहादुर कुन म्यानपावर कम्पनी मार्फत विदेश उडेका थिए भन्ने यकिन छैन । उनीसँगै गएका साथिहरुले लाल बहादुर कम्पनी छोडेर भागेकोसम्म जानकारी दिएको उनी बताउँछन् । अर्थात एक दशक अघि मलेसिया गएका लाल बहादुरको सवैभन्दा पछिल्लो जानकारी यहि हो । 

आमाबाबु डाँडा पारिका जुन झैं भएका छन् । तर पनि छोरो घर फर्केला भन्ने उनीहरुको आशा भनें ज्यूँका त्यूँ छ । ८० बर्षीय बुबा दिल बहादुर छोरो घर फर्किने बाटोे हरेर बसेका छन् । 

छोरो यसरी हराएपछि आमा केशीमायाको मन थामिएको छैन । उनी छोराको बारेमा कुरा निस्कनासाथ भक्कान्निहाल्छिन् । परदेश गएको छोरो यसरी बर्षौंसम्म मरे बाँचेको ठेगान नहुनेगरी बेखवर भएपछि बृद्धाको मनमा चिन्ताले डेरा जमाएको छ । 

लालबहादुरका दुई सन्तान मध्ये छोरो १५ बर्षको भयो । ६ कक्षामा पढ्दैछन् । छोरी पनि १० बर्षकी भइन् । अहिलेसम्म त छोराछोरी पढ्नैछन् । तर लालबहादुरकी श्रीमती नैनीसरा ढाडालाई अव बालबच्चालाई अगाडी कसरी पढाउने भन्ने चिन्ताले सताएको छ । ज्याला मजदुरी गरेर घर चलाइरहेकी नैनिसरालाई श्रीमान् वेखवर भएको पीडासँगै यो चिन्ताले पिरोलिरहेको छ । 

यसरी बर्षौंसम्म बेखवर हुँदा मनमा अनेकथरी कुरा खेल्छन् । नैनीसरालाई कहिले आफ्ना श्रीमान् टुप्लुक्क आइहाल्लान् की भन्ने लाग्छ अनी कहिले परदेशको ठाउँमा कतै केहि भइ हाल्यो की भन्ने चिन्ता लाग्छ । कुराकानीका क्रममा आँखा भरी आँशु पारेकी नैनीसरा आफ्ना श्रीमान्को अवस्था पत्ता मात्र लगाउन पाए पनि धेरै सन्तोष हुने बताउँछिन् । 

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय