हाम्रा बाबा कहाँ छन् ? (भिडियो) 

 

काठमाडौं-सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट गाडीमा झण्डै एक घण्टा लाग्ने उत्तरी बाटो छिचोल्दै पुगिन्छ स्याउले । बैदेशिक रोजगारीका लागि मलेसिया गएर परिवारसँग सम्पर्कविहिन भएका हिमाल तामाङको परिवार भेट्न हामी उनको घरमा पुग्दा उनका दुई जम्ल्याहा छोरी खेल्दै थिए । हामी पुगेको खवर पाएर हिमालकी श्रीमति कोपिला तामाङ घरमा आइपुगिन् ।

काभ्रेको तिमालबाट १० बर्ष अघि हिमालसँग लगनगाँठो कसेर स्याउले पुग्दा उनलाई जीवन यस्तो होला भन्ने कुनै कल्पनै थिएन ।  गर्भवती श्रीमति छोडेर बाबुकै पदचाप पछ्याउँदै आजभन्दा ५ बर्ष अघि बैदेशिक रोजगारीका लागि उडेका हिमाल पछिल्लो समयमा परिवारसँग सम्पर्कमा छैनन् ।

१० बर्ष पुग्नै लागेको छोराले बाबुका बारेमा सोधिरहन्छन् । आफूहरु गर्भमै हुँदा विदेशिएका बाबुको मुख पनि नदेखेका छोरीहरु गंगाजमुनाले पनि बाबुका बारेमा सोधिखोजि गर्न थालेका छन् । गाउँमा आउने नयाँ पुरुषलाई देख्दा आफ्नै बाबु हुन् की भनेर उनीहरुले सोध्दा आमा कोपिलाको मन भारी भएर आउँछ ।

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय