युएईका मनकारीहरु

मेघराज सापकोटा । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पले युएईमा रहेका नेपालीहरुलाई पनि ठुलो धक्का दिएको छ । नेपालमा लाग्ने धक्का पछि युएईमा कार्यरत नेपालीको मनमा आउने पराकम्पनले उनीहरुलाई हल्लाइरहन्छ । Meghraj Photoकान ठाडो पारेर बसेका यिनीहरु कुन समयमा कती रेक्टर स्केलको कति पटक भुकम्प आयो भनेर ख्याल राखिरहन्छन । त्यसो त नेपालबाट यहाँ आएर काम गर्ने प्रायः सबै कुनै न कुनै तवरले यो भुकमपको प्रकोपमा परेका छन । परिवार सँगै हुँदाको पीडा भन्दा टाढा हुँदाको पीडा झनै भयानक हुने अनुभब यहाँका नेपालीहरुले गरेका छन । युएईको उत्तरी राज्यको एक फ्री जोन कम्पनीमा सेक्युरिटीको जागिर खाने याम खत्रीको भुकम्पीय ब्यथा हृदयविदारक छ । भिमेश्वर नगरपालिका ४ दोलखा स्थाई घर भएका उनले गत बैशाख १२ गते आएको भुकम्पमा बर्षौको कमाइ लगाएर बनाएको काठमाडौको घर गुमाए । गाउँको घर बस्नै नहुने अवस्थामा पुग्यो । yamkhatri1भुकम्प आएकै दिन उनले फेसबूकमा लेखे, बेहाल भो जिन्दगी । अब न टेक्ने रुख छ, न समाउने हाँगो नै । उनी भन्दै थिए, घर बनाउन बैंकको ऋण लिएको छ । तर त्यहि घर त ढल्यो नै अब बैंकको ऋणले चाँही निन्द्रा नलाग्ने भो । उफ्फ उफ्फ । कति दिन पो पिडामा बस्ने ? उनले शोकलाई शक्तीमा बदल्ने अठोट लिएरै छाडे । फेरी बैशाख १५ गते अर्को स्ट्याटस लेखे, हुन त म जन्मदा के नै पो लिएर आएको थिएँ र ? भगवानले जे दिएका थिए उही लिएर गए, यसमा के चिन्ता लिनु ? बिदेशमा बसेर कति दिन चिन्तामा डुबिरहने ? अन्ततः उनी धेरै पटकको असफल प्रयास पश्चात गत हप्ता नेपाल उडे । प्रकृती पनि कति निस्ठुरी बन्दो रहेछ । गत बैशाख २९ गते आएको अर्को भुकम्पले गाउँमा बाँकी रहेको एउटा घरले उनका बाबुलाई पनि लग्यो । घर छेउमै बसिरहेका बाबुलाई त्यही बाँकी रहेको घरले किच्यो र सधैंको लागि टिपेर लाग्यो । कसलाई भन्ने मनको पीडा ? दाँया हेर्यो उस्तै, बाँया हेर्यो उस्तै । सबैका कोही न कोही मरेकै छन । सबैलाई हेरेर मन बुझाउनुको बिकल्प अब यामसँग रहेन । pic9 याम त युएईका एक पात्र मात्रै हुन । यएईमा हुने सबैको ब्यथा उस्तै उस्तै छ । धेरै थोरै होलान प्रायः सबै पीडित छन । राहत संकलन् अभियानका एक अभियन्ता भन्छन, ‘हामी राहत संकलन् गर्नलाई नेपालीहरु रहेको धेरै ठाउँ घुम्यौ । धेरै नेपालीहरु लाई भेट्यौ । को सँग माग्ने र खै ? उनीहरुलाई नै दिनु पर्ने देखियो ।‘ पीडा सबैका आफ्नो आफ्नो ठाउँमा छन । बिदेशमा हुने सबै नेपालीहरु रोएका छन । तर रोएर कति दिन बस्ने त ? त्यसैले युएईबासी नेपालीहरु अब राहत संंलनमा जुटेका देखिन्छन । नेपाली संगीतमा रुन्चे गायक भनेर चिनिने प्रकाश पौडेल हरेक दिन जस्तै फेसबूकमा उर्दी जारी गर्छन् । ‘कोही खाली हुनुहुन्छ भने नेपाली दुतावास अबुधाबी आउनु होला, तुरुन्त अहिले । भोलि फेरि पचास टन राहत नेपाल पठाउदैछौ, प्याकिङ गर्नुपर्ने भएकोले गर्दा । सबैलाई खबर गर्छन् र आँफै पनि भ्याएसम्म खट्छन । रात होस् या दिन, अफिस होस् या छुट्टी केही नभनी उनी अहोरात्र खटिएकै छन । गैर आबासीय नेपाली संघ, युएईको समन्वयमा अहिले नेपाली दुताबासमा राहत सामग्रीको ओईरो नै लागेको देखिन्छ । यी राहत सामग्री स्वस्फुर्त जुटेका हुन ।pic8 मनकारी हातहरुले दिएको सहयोगका सामग्रीलाई दुताबासकै एक कोठामा जम्मा गर्दै रेड क्रेसेन्ट मार्फत नेपाल पठाईंदै गरेको गैर आबासीय नेपाली संघ, युएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिएका छन । उनका अनुसार हालसम्म २०० टन भन्दा बढी राहतका सामग्रीहरु युएईको रेड क्रेसेन्टलाई हस्तान्तरण गरिसकिएको छ । ती सामग्रीहरुमा ब्ल्यान्केट, टेन्ट, खाद्द्यन्नका सामग्रीहरु र लत्ता कपाडाहरु रहेका छन । भुसालका अनुसार सामग्रीको अलाबा केही रकम प्रधानमन्त्री राहत कोषमा समेत पठाईएको छ । युएईको प्रसिद्द मनी एक्स्चेन्ज कम्पनी युएई एक्स्चेन्जले १ करोड रुपैयाँ बराबर नगद प्रधानमन्त्री राहत कोष मार्फत सहयोग गरेको छ । त्यसैगरी दुताबास मार्फत नै लुलु हाईपर मार्केट ग्रुपले २ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । युएईको प्रसिद्द लाइफ लाइन हस्पिटल ग्रुप कम्पनीले ६० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषको लागि प्रदान गरेको र ४० लाख रुपैयाँ बराबरको औषधी प्रदान गरेको भुसालले जनाएका छन । युएईमा रहेका भारतीयहरुले नेपालीहरुको पीडामा साथ दिईरहेको महशुस गरिएको छ । माथि उल्लेखित कम्पनीहरु भारतीयहरुको लगानीमा सञ्चालित हुन । pic1विश्वको सबै भन्दा ठुलो सेरामिक्स कम्पनी आरएके सेरामिक्सले पनि रेड क्रसेन्ट मार्फत १ लाख ४० हजार दिर्हाम रकम सहयोग गरेको नेपाली जनप्रगतिशिल मञ्च, रस अल खैमहका अध्यक्ष टेक नाथ मिश्रले बताएका छन । मिश्रका अनुसार झण्डै ८ हजार कामदार रहेको उक्त कम्पनीमा ३०० जति नेपालीहरु कार्यरत छन । उक्त कम्पनीमा कार्यरत सबैले १ दिन बराबरको तलब भुकम्प पीडितको सहयोगार्थ प्रदान गरेको मिश्रले जानकारी दिएका छन । भारतीयहरु द्वारा सञ्चालित गैर नाफामुलक संस्था ‘शुक्रान वर्कर्स’ ले एनआरएन, युएईको सहयोगमा आगामी शुक्रबार १५ तारिकको दिन भुकम्प पीडितको सहयोगार्थ एक जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । नेपाल दील से नाम दिईएको उक्त कार्यक्रमले पीडितहरुको राहत संकलनमा सहयोग पुग्ने विश्वास एनआरएन, युएईका उपाध्यक्ष सुदीप कार्कीको रहेको छ । यसैगरी युएईमा रहेका बिभिन्न ब्यक्ती तथा संघसंस्थाहरुले पनि आआफ्नो स्थानबाट नगद तथा जिन्सी सहयोग गरिरहेका छन । आगामी २१ तारिकका दिन हुन गईरहेको नेपथ्य ब्याण्डको कार्यक्रमको सम्पूर्ण मुनाफा भुकम्प पीडितलाई दिईने कार्यक्रम आयोजक राजन अधिकारीले बताएका छन ।pic2 नेपाली जनप्रगतिशिल मञ्च, रस अल खैमहले गोर्खाको आरुचनौटे गाबिसको ७०, ८० घर रहेको एक दलित बस्तीमा १ लाख ७० हजार रुपैयाँ बराबरको राहत बितरण गर्न गईरहेको मञ्चका सदस्य धन कुमार नेपालीले बताए । युएईको जबल अलीमा रहेको जाफ्को ट्रेडिङले भुकम्प पीडितहरुको लागि भनेर एनआरएन मार्फत १० हजार ५ सय दिर्हाम नगद सहयोग प्रदान गरेको छ । हेल्प राइज फोरम, युएईले सिन्धुपाल्चोक गएर नै राहत बितरण गरेको छ । बिभिन्न जिल्ला समाजहरुले समेत आफ्नै तरिकाले नगद तथा राहत संकलन गरेका छन । दुबई स्थित नमस्ते ट्राभल्सका प्रोपाइटर एकेन्द्र बहादुर थापाले आफ्नो अफिसको एउटा कोठा राहत संकलनको लागि छुट्याएका छन । दिनहुँजसो बिदेशी र स्वदेशी नागरिकहरुबाट स्वस्फुर्त आउने गरेका राहतका सामग्रीहरुलाई उनी रेड क्रसेन्टलाई जिम्मा लगाउने गर्दछन ।pic4 मनकारीहरुको नाम उल्लेख गर्दा छुटाउनु नहुने अर्को नाम हो युएईका नेपाली ब्यवसायी राम भुवन चौधरी । उनले ५० लाख रुपैयाँ बराबरको राहत सामग्री अहिले आँफै गाउँ गाउँमा गएर बाँडिरहेको खवर छ । त्यस्तै बिभिन्न नेपाली ब्यवसायीहरुले पनि दिल खोलेर सहयोग गरेका छन । सहयोग त जेनतेन उठि नै रहेको छ अबको चिन्ता भनेको कसरी नयाँ नेपाल निर्माण गर्ने रहेको नेपाली जनप्रगतिशिल मन्चका हेमन्त पौडेलले बताए । जनजाती महासंघका डेरराज तमुले त बिदेशमा रहने नेपालीहरुले अनिबार्य एक महिनाको तलब नयाँ नेपाल निर्माणको लागि सहयोग गर्नु पर्ने बताएका छन । उनी भन्छन, ‘बिदेशमा हुनेलाई फर्कन आह्बान गर्ने हल्ला सुनिदै छ । त्यसो हैन, बिदेशमा रहेका ३५, ४० लाख नेपालीले एक महिनाको तलब बराबरको रकम सहयोग गर्ने हो भने चाँही बरु नयाँ नेपाल बन्ला । सबैको चिन्ता यस्तै छ, भुकम्पले गर्नु गर्यो, अब समुन्नत नेपाल कहिले बन्ला ? यो पनि पढ्नुहोस् यो हप्ता युएईका दुई खास कुरा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय