काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूतहरू नियुक्ति गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तको सिफारिस गरेको हो ।

प्रस्तावित राजदूतहरुमा गिरीबहादुर सुनार (साउदी अरेबिया), सुरेशकुमार कर्ण (इजरायल), डा. पद्माक्षी राणा (ओमान), चूडामणि खरेल (मलेसिया), प्रा. डा. सङ्गम श्रेष्ठ (दक्षिण कोरिया)का लागि सिफारिस भएका छन । यसैगरी डा. निश्चलनाथ पाण्डे (भारत), डा. कल्याणराज शर्मा (चीन), ३. चिरनजंग थापा (संयुक्त राज्य अमेरिका), सरु जोशी श्रेष्ठ (जर्मनी), डा. मंचला झा (श्रीलंका), पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (यूके), जिग्यान कुमार थापा (जापान), प्राप्ति शेरचन (स्पेन) का लागि रहेका छन् ।

अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ । अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय