विदेशमा वेपत्ता हुँदाको पीडाः ऋण त थियो नै त्यसमाथि पीर पनि थपियो

रञ्जना लम्साल, नवलपरासी-

श्रीमानले आउँछु भनेको वर्ष भैसक्यो, अझै आउनु भएन, तपाईहरुले हराएको मानिसलाई पनि खोजीदिनुहुन्छ रे लौ मेरो श्रीमानलाई पनि खोजीदिनु पर्यो सूचना केन्द्र कावासोतीमा आइपुगेकी कावासोती नगरपालिका नवलपरासीकी फममायाले भनिन् जना छोराछोरीलाई छोडेर बर्ष अघि मलेशिया गएका मेरा श्रीमान अझै फर्किएका छैनन्

मलेसियाबाट घर फर्केलान् भनेका श्रीमानले फोन गर्न छोडेपछि फममायालार्ई ऋण थियो नै त्यसमाथि पीर पनि थपिएको वर्ष अगाडी मलेशिया गएका गंगा सिं बिक घर फर्किएनन् उनले फोन गर्न छोडेको पनि दुई बर्ष भएको

पहिले फोनमा कुरा हुँदा फममायाका श्रीमानले, ‘कमाई छैन पैसा पठाउन सक्दीन भन्थे कमाई नभए घर फर्किनुस भन्दा कमाएर आउँछु’ भन्ने गरेका उनी एकाएक सम्पर्क बिहिन भए यसरी श्रीमान् मलेसियामा बेखवर भएपछि छोराछोरीको जिम्मेवारी फममायाको एक्लो काँधमा आइपरेको

पहिले फोनमा कुरा हुँदा पनि गंगा सिं  / महिनामा एकपटक फोन गर्थे उनले गरेको फोन नम्वरमा नेपालबाट फोन गर्दा सम्पर्क हुँदैनथ्यो । २०७२ साल बैशाख महिनामा ऋण तिर्न भन्दै ६५ हजार पैसा घरमा पठाएको अरु पैसा पनि छिट्टै पठाउने भन्दै अन्तिम पटक फोन गरेका गंगाले त्यसपछि दुई बर्ष बितिसक्दा पनि अर्को पटक फोन गरेका छैनन अन्तिम पटकको कुराकानीमाअव घर आउँछु होला’ भनेका गंगा घर आए सम्पर्कमा नै छन् जना छोराछोरी हुर्काउने बढाउने पढाउने खर्च ज्याला मजदुरी गरी जुटाइरहेकी फममायाले खर्च अभावकै कारण एसएलसी सकेपछि कुनै पनि सन्तानलाई पढाउन सकिनन्

तीनजना छोराछोरीले एसएलसी पास गरेपछि पढाई छोडे दुईजना कक्षामा पढ्छन् अहिले दुईजनाको विद्यालय तहकै पढाई सक्न उहाँलाई हम्मे-हम्मे परेको खर्च बढ्दै गएको , कमाउन कुनै छोराछोरीले थालेका छैनन त्यसैले पढाउन समस्या परेको हो फममाया भन्छिन्मैले एक्लै मेलापात गरेको कमाईले खान धौधौ पर्छ उनीहरुको पढाई खर्च कसरी चलाउँ ।”

सम्पतीको नाममा कठ्ठा जग्गा त्यो जग्गामा कमाएर केहि पुग्दैन त्यसैले जनाको परिवारको लाउनेखाने जोहो गर्न मुस्किल पर्छं श्रीमान् स्वदेश फर्किदिए दुईजना मिलेर केहि काम गर्न पाए गुजारा चलाउन सजिलो हुन्थ्यो भन्ने अपेक्षा फममायाको

श्रीमान सम्पर्क बिहिन भएपछि खोज्न सक्दो प्रयास गरिन् उनले नेपालको कुनै ठाउँ भए आफै गएर हिड्नुस घर भन्थे तर परदेशको ठाउँ के गरुँ <” उनी भन्छिन्गाउँबाट गएका अरुलाई खोजिदेउ है भन्छु तर उहाँ घर फर्किनु भएको छैन ।”

पछिल्लो समय उनी कहाँ छन् भन्ने केहि पत्तो छैन छोराछोरीले पनि सधैं हाम्रो बाबा किन नफर्केको होला भनेर सोधि खोजि गर्न थालेपछि फममायाको मन अझ कुँढिएको छोराछोरीले कमाउन विस्तारै आफूहरुले नै सक्ने भन्दै बाबा फर्किदिए हुन्थ्यो भन्छन्, तर खै यो सन्देश कसरी उहाँसम्म पुर्याउने < सुचना केन्द्रमा श्रीमान् खोजिदिन निवेदन बोकेर आएकी उनले भनिन्तपाईहरुले हराएको मान्छे नी खोजिदिनुहुन्छ रे, मेरो श्रीमान्लाई जसरी पनि पत्ता लगाईदिनुस् है

यो पनि पढ्नुहोस्

आमा भन्छिन्M विदेश गएको छोरो ज्यूँदै की खवर पाए हुन्थ्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय