मलेसियाबाट श्रीमतिलाई फोन गरेपछि …..

  

रञ्जना लम्साल, नवलपरासी, चैत्र २९-

१० बर्ष अगाडी मलेशिया गएका शिवप्रसाद कुमाल घर परिवारको सम्पर्कमा आएका छन् । विगत ४ बर्षयता परिवारसँग सम्पर्कमा नरहेका शिवप्रसादका बारेमा देशपरदेशले भिडियो सामग्री ( अवोध बालकको प्रश्नः आमा मलेसिया गएको बुवाले किन मलाई नसोधेको ?) तयार पारेर प्रकाशन गरेको थियो ।  

नवलपरासी, नयाँ बेल्हानी, दारेसिमलका शिवप्रसाद कुमाल २०६४ साल फागुन २८ गते मलेसिया गएका हुन् । उनी मलेशिया जाँदा घरमा उनकी श्रीमती लीलाकुमारी कुमाल ३ महिनाकी गर्भवति थिइन् । 

मलेसिया गएको केहि समयसम्म परिवारसँग सम्पर्कमा नै रहेका शिवप्रसादले क्रमशः घरमा फोन गर्न छोडेका थिए । उनकी श्रीमति लीलाकुमारी सासु, ससुरा र एकछोराको पालनपोषण गरेर श्रीमान् फर्किने बाटो हेरेर बसिरहेकी छन् । 

शिव मलेसिया गएको ६ महिनापछि जन्मेका छोरा सुजन हाल स्थानीय एक विद्यालयमा ३ कक्षामा पढ्छन् । उनले बाबुलाई प्रत्यक्ष देख्न समेत पाएका छैनन । 

यति लामो समयसम्म श्रीमान सम्पर्कमा नरहेका कारण तनाव भइरहेको अवस्थामा श्रीमानले फोन गरेर आफू छिटै घर फर्किने बताएको भन्दै लीलाले उनको खोजिमा सहयोग गरेकोमा देशपरदेश डटकम तथा कावासोतीमा सञ्चालित सुचना केन्द्रलाई धन्यवाद दिएकी छन् ।

लीलाका अनुसार उनका श्रीमान् शिवले ऋण तिर्न तत्कालै केहि रकम पठाउने र आफू चाँडै घर फर्किने बताएका छन् ।  

हराएका परदेशीको अर्को भिडियो हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/3OTLsJullEM?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय