
नवलपरासी-
नवलपरासी, नयाँ बेल्हानी, दारेसिमलका शिव प्रसाद कुमाल कमाउन मलेसिया गएका हुन् । उनी जाँदा घरमा उनकी लीलाकुमारी ३ महिनाकी गर्भवति थिइन् । २०६४ साल फागुन २८ गते मलेसिया उडेका शिव त्यसयता घर फर्केका छैनन् ।
मलेसियाबाट अन्तिम पटक फोनमा कुराकानी हुँदा लीलाका श्रीमान् शिवले आफूले कम्पनी छोडेको र भागेर काम गर्न थालेको बताएका थिए । शिव मलेसिया गएको ६ महिनापछि जन्मेका छोरा सुजन अहिले स्थानीय एक विद्यालयमा ३ कक्षामा पढ्छन् । उनले बाबुलाई प्रत्यक्ष देख्न समेत पाएका छैनन । तर पनि उनले आमासँग आफ्ना बाबुका बारेमा सोध्न थालेका छन् ।
भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक