
सुनिल न्यौपाने,
दिक्तेल बजारका बेदनाथ आचार्य मलेसियामा हराइरहेका छन् । झण्डै १३ बर्ष अघि मलेसिया गएका उनी झण्डै चार बर्षयता परिवारसँग सम्पर्कमा छैनन । उनकी आमा अम्विका आचार्यलाई भेट्न हामी उनको घर पुगेका थियौं । वेदनाथका बारेमा आमा अम्विका आचार्यले दिएको जानकारीः
मेरो छोरो २०६२ सालमा मलेसिया गएको हो । गएको दुई महिनापछि सम्पर्क भयो । त्यसपछि उसले महिनैपिच्छे सम्पर्क गरिरहन्थ्यो । त्यस्तै ५/६ बर्षपछि उसले कम्पनी फेरें भन्यो । कम्पनी छोडेपछि मैले किन यसरी छोडिस् भनें । त्यसपछि पनि ३ बर्र्षसम्म सम्पर्कमा थियो । त्यसपछि म घर आउँछु, नागरिकता पठाइदिनु भन्यो । मैले यहाँबाट नागरिकता पठाइदिएँ । उसले म आउँछु, घर फर्किन काजग बनाउन नागरिकता चाहिएको हो भन्थ्यो । त्यो नागरिकता पाएँ भन्यो । त्यति हो, त्यसपछि सम्पर्क विहिन छ । अहिले चार बर्षभयो । कहाँ छ, के छ हामीले पत्ता लगाउन सकेका छैनौं । यो मंसिरदेखि तीनबर्ष पुरा भएर चार बर्ष लाग्यो त्यसले सम्पर्क गर्न छोडेको । के भयो, किन यस्तो गर्यो त्यो केहि थाहा हुन सकेन ।
मान्छेले भन्छन्, देखेर जानेर आएका कोहि छैनन्, उहिं विहे गरेर बसेका हुन्छन् अरे, आउन दिंदैनन् अरे भन्छन् । अव कहाँसम्म सत्य हो । आफूले देखेको, जानेको छैन । न त त्यहि भएर बसेको छ । अव न त अन्तै देश गएको छ । न त मारेका छन् । के थाहा हामीलाई ।
मेरो छोरो जसरी भएपनि आइदियोस् । मैले एकचोटी देख्न पाउँ छोरोलाई । यत्रो बर्ष भइसक्यो मैले देख्न पनि नपाएको । मलाई साह्रै माया गथ्र्यो मेरो छोरो । फोनमा कुरा गर्दा पनि मेरो छोरोले मलाई धेरै माया गरेर कुरा गथ्र्यो । अव अहिले यत्रो बर्ष नआउँदा चित्त दुख्छ । तर के गर्नु रुँदै हिंड्नु हुँदैन । जहाँ जति छ नी आफूलाई, आफ्नो छोरो हराउँदा । सारा दुनियाँमा कति मरेका छन्, मारेका छन । आइदियोस् न मेरो छोरो घरमा आइदियोस् । भेट गर्न आओस् । विहे गरेर बसेको रहेछ भनें पनि एकपटक आओस् । ल्याउन मिल्छ भनेर लिएर आओस्, फेरी जाओस् । हामी के भन्छौं र <
तपाईले यदि वेदनाथ आचार्यलार्ई देख्नुभएको छ भनें उनकी आमा अम्विका आचार्यलाई ९७४३० ३३ ५ ३६ मा खवर गरिदिनुहोला । यसैगरी मलेसियामा देशपरदेशका सहकर्मी सुदीप निउरेको सम्पर्क नम्वर ०१ ६७ १० ५२ ३० मा खवर गरिदिन सक्नुहुन्छ । तपाईले सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, खोटाङको टेलिफोन नम्वर ०३६ ४२० ५२७ मा पनि खवर गरिदिन सक्नुहुन्छ ।
भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक