हराएका बाबु घर फर्किने आश(भिडियो सहित) 

काठमाडौं- बाटोको डिल मास्तिर एउटा टिनको छाप्रो छ । हिउँदको एक विहान पारिलो घाम लाग्दै गर्दा हामी श्याम राईको घरमा पुग्दा उनका एक छोरा र एक छोरी विद्यालय जाँदै थिए । पढ्न हिंडेका उनीहरु घरको एउटा काम पनि साथै बोकेर हिंडे ।

भूकम्पले घर भत्काईदिएपछि हालेको टीनको छाप्रोमा श्याम राईको परिवार बसेको छ । टहरो श्यामका दाजुले बनाएका हुन् जहाँ श्यामको परिवार पनि ओत लागेर बसेको छ । छोरी १३ बर्ष लागिन्, छोरो ११ बर्षका भए । ६ कक्षामा पढ्ने छोरी र ४ कक्षामा पढ्ने छोराले पनि अव त बाबुलाई विर्सिन थालिसके । तर श्रीमति करुणाको आश भनें छँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय