
कैलाली-
चाँदनी चौधरी, कैलालीको धनगढीमा बस्छिन् । स्थानीय एक टेलर्समा काम गर्ने उनकी ११ बर्षकी छोरी छिन् जो शारिरीक रुपमा केहि अपाङ्ग छिन् । उनको लालनपालन, पढाईलेखाई सवै चाँदनी एक्लैको जिम्मामा छ ।
चाँदनीका श्रीमान बाँधुराम चौधरी ६ बर्ष अघि रोजगारीका लागि मलेसिया गएका हुन् । गएको झण्डै डेढ बर्षसम्म सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कमा छैनन । श्रीमान यसरी बेखवर भएपछि चाँदनी आफ्नो घरमा बस्न सकिनन् । घर छोडेर हिंड्ने बाध्यता आइपर्यो उनलाई ।
परिवारसँग सम्पर्कमा नरहेका बाँधुराम तथा उनलाई पर्खेर बसिरहेकी चाँदनीका बारेमा तयार पारिएको भिडियो हेर्नुहोस्