थामिंदैन आमाको आँशु हराएको छोरो सम्झेर  (भिडियो सहितको सामग्री)

सुनिल न्यौपाने, सर्लाही

सर्लाहीका विजयकुमार बैठा ५ बर्ष अघि रोजगारीका लागि साउदी अरव उडेका हुन् । २०६८ मा उनी साउदीको नविल ए अवु न्याहा एण्ड पार्टनर कम्पनीमा स्काफोल्डिङको काममा गएका थिए ।

साउदी गएको चार बर्षसम्म बैठा परिवारको सम्पर्कमा थिए । तर वितेको झण्डै १६ महिनायता उनको परिवारसँग सम्पर्क छैन । अन्तिम पटक फोन सम्पर्क हुँदा उनले भनेका कुरा आमा लीलादेवी बैठा सम्झिरहेकी छिन् । “असारमा फोन आएको थियो । फोटोकपी(नागरिकताकोे) पठाइदिनु, यहाँ मलाई चाहिएको छ भन्यो । फोटोकपी पठाइदिएपछि धेरै महिना फोन गरेन । त्यसपछि एकैपटक अघिल्लो बर्षको फागुमा फोन गरेको थियो । त्यसपछि फेरी फोन गरेको छैन” आमा लीलादेवी भन्छिन् ।

कान्छो छोरो यसरी सम्पर्कविहिन भएपछि आमाको मनमा औडाहा चलेको छ । छोराका बारेमा कुरा गर्न बस्दा नै बलिद्रधारा आँशु खसाइरहेकी उनी छोरालाई हरवखत सम्झिरहने बताउँछिन् । “याद त दिनभरी आउँछ । यहि कोखको जन्म त हो” उनी भन्छिन् ।

विजय यसरी सम्पर्कविहिन भएपछि बैठा परिवारमा समस्या छ । जेठो छोरो ससुरालीमै बस्न गएकाले घर खर्च चलाउन पनि मुस्किल परेको छ । विजयका बाबु रामएकवाल बैठा जनमजदुरीको काम गर्छन् । आफू पनि बृद्ध हुँदै गएको र छोरो बेखवर भएकोले चिन्ता थपिएको उनी बताउँछन् ।

छोरो भेटियोस् भनेर आमा लीलादेवीले धेरै ठाउँमा भाकल पनि गरेकी छिन् । लीलादेवी भन्छिन्– छोरो आयो भनें शिवको पूजा गराउने भाकल गरेकी छु, अरु देवी देउताको पनि धेरै भाकल छ ।

विजयको सम्झनाको चिनो परिवारसँग केवल उनको नागरिकता मात्र हो । तपाईले उनलाई साउदी अरवमा कहिं देख्नुभएको छ वा उनका बारेमा जानकारी पाउनु भएको छ भनें सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, सर्लाहीको टेलिफोन नम्वर ०४६ ५ २१ ५०२ मा जानकारी गराइदिनु होला ।

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय