मलेसियामा डेढ बर्षदेखि बेखवर रहेका छोराले फोन गरेपछि …..

काठमाडौं, असार १५ 

एउटी आमाका लागि मलेसिया गएर बेखवर रहेको छोरोले ट्वाक्क फोन गर्दाको खुसी कति होला ? शव्दमा बयान गर्नै सकिन्न । हो, त्यहि खुशी छ अहिले सुनसरीकी तारादेवी भुजेलसँग । 

सुनसरीको रामगञ्ज बेल्गछियाका दिपक भुजेल रोजगारीका लागि मलेसिया गएका थिए । केहि समयसम्म परिवारसँग फोन सम्पर्कमा रहेका दिपक अकस्मात सम्पर्क विहिन भए । अन्तिम समयतिरको कुराकानीमा आफू अप्ठ्यारोमा रहेको बताएको छोरो यसरी झण्डै डेढ बर्षदेखि सम्पर्कविहिन रहेपछि आमा तारादेवी मानसिक चिन्तामा डुवेकी थिइन् । रातभरी निद्रा नलाग्ने र मनमा अनेकथरी कुरा खेलिरहने बताउने तारादेवीको अहिले त्यो चिन्ता हटेको छ । उनका बारेमा देशपरदेशले बाबु बेपत्ता भए नेपालमा, छोरो मलेसियामा शिर्षकमा भिडियो सामग्री सहितको समाचार प्रकाशन गरेको थियो । 

समाचार प्रकाशन भए लगत्तै मलेसियाबाट दिपकका चारजना साथिले फोन गरेर उनी सकुशल रहेको बताएको तारादेवी बताउँछिन् । “लगालग चारजनाको फोन आयो । उनीहरुले दिपक मलेसियामै रहेको र  फोन गराइदिने भनेका थिए । नभन्दै एकछिन पछि दिपकले फोन गरिहाल्यो” तारादेवी भन्छिन् । “मेरो फोटो फेसबुकमा हाल्नुभएको रहेछ, म अप्ठ्यारोमा थिएँ, अहिले ठिक छ, मेरो चिन्ता नलिनु भन्यो” तारादेवीले बताइन् । 

दिपकले मलेसियाबाट फोन गरेपछि तारादेवीको चिन्ता हटेको छ । “जीउ त आधा हलुँगो भएजस्तो भएको छ” टेलिफोनमा तारादेवीले भनिन् “छोरो खोज्न तपाईहरुले पुर्याएको गुन कहिल्यै विर्सन्न । एकपटक भेट्न आउनु है ।” 

यो पनि पढ्नुहोस् 

अंकल हाम्री आमा कहिले घर आउनुहुन्छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय