मलेसियामा बेपत्तालाई खोज्न एनआरएनए युएईले प्रयास गर्दै 

लक्ष्मण खनाल  युएई, असार २

चार बर्ष देखि मलेसियमा सम्पर्कविहिन भएका आफ्ना भाइ ठगनाथ पौडेलको खोजी गरिदिन उनका दाजु केशव पौडेलले अनुरोध गरेका छन । स्याङ्गजा जिल्ला चिसापानी गाविस वार्ड नं. ३ गैरीस्वाँराका २९ बर्षिय उनी सन् २००९ मा त्यहाँ गएका थिए । उनी काठमाडौंमा रहेको स्मार्ट म्यानपावरका पुर्ण गुरुङ्ग मार्फत मलेसियामा रहेको एक फुड कम्पनीमा कामदारको रुपमा  गएका थिए ।  गएको करीव  ३ बर्षसम्म सम्पर्कमा रहेपनि पछि उनी सम्पर्क विहिन भएका हुन । 

उनी सम्पर्क विहिन भएपछि उनका आफन्तले खोजीको लागि धेरै पहल गरेका थिए । उनलाई पठाउने म्यानपावर कम्पनीमा पनि पुगेको तर सो म्यानपावर बन्द रहेको, कम्पनीमा पनि सम्पर्क गर्दा सो कम्पनिबाट पनि केही प्रतिकृया नआएको र अन्य माध्यमबाट पनि खोजी गर्ने कोशिस गरेको, तर उनको कुनै खबर पाउन नसकेको आफन्तको भनाई छ । ‘धेरै कोशिस ग¥यौ तर उनको कुनै अवस्था जानकारीमा नआएकोले हामी विक्षिप्त छौ’ दाजु केशवले भावुक हुँदै भने ।

उनका दाजु केशवले गैर आवासिय नेपाली संघ युएईमा निवेदन पनि दिएका छन । गैर आवासिय नेपाली संघ युएईले उनको खोजीको लागि प्रक्रिया अगाडी बढाएको संघका प्रवक्ता बालकृष्ण मरासिनीले बताए । मलेसियामा रहेको संघको राष्ट्रिय समन्वय परिषद मार्फत खोजी गरिने उनको भनाई छ ।

भाइको खोजी गर्नको लागि दाजु केशव पौडेलले परराष्ट्र मन्त्रालय, नेपाली दुतावास मलेशिया, मलेसियामा रहेका नेपाली संघसंस्थाहरु र सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई अनुरोध गरेका छन । 

यो पनि पढ्नुहोस् 

अंकल हाम्री आमा कहिले घर आउनुहुन्छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय