दुई बर्षदेखि वेखवर दुर्गा मलेसियाबाट घर फर्केपछि ……. 

काठमाडौं-  झण्डै दुईबर्षदेखि परिवारसँग सम्पर्क नगरी बसेका धनुषाका दुर्गा आले घर फर्केका छन् । उनी तीनबर्ष अघि रोजगारीका लागि मलेसिया गएका थिए । उनी बेखवर भएको भिडियो सहितको समाचार देशपरदेश डटकमले यसअघि प्रकाशित गरेको थियो । 

दुर्गाले मलेसियाबाट लामो समयसम्म सम्पर्क नगरेपछि परिवारले उनको खोजिमा मद्धत गरिदिन आग्रह गरेको थियो । उनको खोजका लागि देशपरदेशले मलेसियाका साथै उनलाई रोजगारीका लागि पठाउने नेपालस्थीत मेनपावर कम्पनी ह्युमर ओभरसिज मार्फत पनि पहल गरेको थियो । 

सो क्रममा उनी रोजगारीका लागि गएको कम्पनीमै कार्यरत रहेको र श्रम सम्झौता अवधि सकिनै लागेको पत्ता लागेको थियो । नेपालस्थीत मेनपावर कम्पनीले घटनाका बारेमा जानकारी गराएपछि मलेसियाको कम्पनीले उनलाई सकुशल नेपाल फर्काउने वचन दिएको थियो । 

“भाई घर आइपुगेको खवर आयो” बुधवार विहानै दुर्गाका दाजु कर्णले फोनमा भने “यत्रो समयसम्म फोन सम्पर्क समेत नभएको भाइ घर आइपुगेको खवरले ज्यादै खुशी छु ।” कर्ण सिन्धुलीमा एक नीजि विद्यालयमा काम गर्छन् । 

मलेसियाको एक स्टील फ्याक्ट्रीमा काम गर्न तीन बर्ष अघि गएका दुर्गा फर्केपछि परिवारमा हर्ष छ । 

यसअघि प्रकाशित उनीसम्वन्धि समाचार र भिडियो हेर्नुहोस्

परदेशीएको छोरो घर फर्किने आश (भिडियो सहितको सामग्री)

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय