भारतमा कहाँ हराए उनीहरु ?

उमा पौडेल नवलपरासी – ११ बर्ष अगाडी पैसा कमाउन छोरा भारत जाँदा भएको एउटा छोराले कमाउला पाल्ला भन्ने ठूलो आश थियो नवलपरासी बर्दघाट नगरपालिका वार्ड नं.४ डाडाटोलका चौधरी परिवारलाई । तर त्यो आशा अहिले निराशामा बदलिएको छ । 

बर्षौंदेखि सम्पर्कविहिन भएपनि छोरो एक न एक दिन त कसो घर नफर्केला भन्ने आशा छँदैछ ५० बर्षिय आमा गंगा थारुलाई । तीन सन्तान मध्ये एक मत्र छोरा गोपाल ११ बर्षदेखि बेखवर भएपछि चौधरी परिवारलाई चिन्ताले सताएको छ । उनले भारतबाट छिमेकीको घरमा फोन गरेर आफू होटलमा काम गर्न थालेको र काम राम्रो भएको बताएका त थिए तर त्यो राम्रो अनुभव परिवारले गर्न पाएनन् । 

गोपालका १० र १२ बर्षका दुई छोरी छन् । कान्छि छोरी त गर्भमै हुँदा भारत पसेका गोपाल नफर्केपछि उनकी श्रीमतिले अर्कै विहे गरिसकिन् । त्यसैले नातिनिहरुको स्याहार सुसारको जिम्मा हजुरआमाको काँधमा आइपरेको छ । आफूहरुले बुवाको माया अनुभव गर्न नपाएपनि साथिहरुका बाबु देख्दा आफूलाई आफ्नो बाबु नबेखवर भएकोमा नरमाइलो लाग्ने गरेको उनीहरु बताउँछन् । 

छोरो बेखवर भएपछि बाबु हरि नारायण कतारमा लेवरको काम गर्न गएका छन् । ज्यान विदेशमा भएपनि मन भनें उनको नेपालमै छ । हरेक पटक फोनमा छोराकै कुरा गर्ने गरेको गंगा बताउँछिन् । 

यसरी बर्षौंदेखि भारतमा बेखवर रहेका गोपाल एक्ला पत्र होइनन् । गोपालसंगै कमाउन भारत पसेका बर्दघाट ४, डाडाटोलकै लक्ष्मण चौधरी पनि त्यहि समयदेखि बेखवर छन् । अविवाहित लक्ष्मण भारत जाँदा १८ बर्षका थिए । छोराले पैसा कमाएर घर बनाउँला, उसको विहे गरिदिउँला भन्ने बाबु मोहन चौधरीको सपना केवल सपना नै बनिरहेको छ । भारत गएको एक महिनापछि एउटा चिठ्ठी पठाएका लक्ष्मणले त्यसपछि कुनै खवर गरेनन् । 

लक्ष्मणकै पछि लागेर भारत गएका बर्दघाट ४, डाडाटोलकै सूर्य परियारका छोरा राजन परियारको पनि घरमा कुनै सम्पकै छैन । दम रोगले थलिएकी उनकी आमा फनिसरा परियारका दुई छोराहरु आफ्ना परिवार सहित अलग्गै बस्न लागे पछि उनको स्याहार अहिले छोरीले गर्दै आएकी छिन् । ७० बर्षिय बाबु सूर्य परियार अझै पनि खेतबारी र गाइबाख्राको काममा आफूलाई भुलाउदै आएका छन् । दुई बृद्धा छोरो फर्किने आशमा अझै उनलाई पर्खिरहेका छन् । 

लक्ष्मणले भारतको भोपालशहर स्थित होटल रञ्जितको खाममा एकपटक घरमा चिठ्ठी पठाएका थिए । त्यसले उनी सोही होटलमा काम गर्दथे भन्ने पुष्टि गरेपनि त्यसबाहेक अन्य केहि जानकारी परिवारसँग छैन । एकजना चिनारुले उनलाई मुम्वईमा देखेको बताएपछि परिवार उनलाई खोज्दै मुम्वई पनि पुगेको थियो । त्यहाँ बसेर १० दिनसम्म खोजखवर गर्दा पनि कुनै पत्तो नलागेपछि उनीहरु रित्तै हात घर फर्किएका थिए । गोपाल, राजन र लक्ष्मण तीनैजना सँगै काम गर्ने गरेको र एकैपटक परिवारलाई सम्पर्क गर्न छोडेका कारण घटना रहस्यमय छ । 

बर्दघाटबाट भारतमा काम गर्न गएर बेखवर हुनेको ताँती ठूलै छ । बर्दघाट ९ मौराहटाडीका नवराज घिमिरे पनि १५ बर्षदेखि परिवारको सम्पर्कमा छैनन् । शुरुका १० बर्षसम्म आउजाउ गरिरहने उनको एकएक परिवारसँगको सम्पर्क टुट्यो ।

दक्षिण भारतको विजयवाडा भन्ने स्थानको चाचहोटलमा सेफको काम गर्छु भन्ने गरेका उनले आमा दिलालाई पनि लिएर गएका थिए । उनी पनि झण्डै तीनचार महिना त्यहाँ बसेर फर्केकी थिइन् । छोरा यसरी बेखवर भएपछि परिवार मानसिक चिन्तामा डुवेको छ । यसले नवराजका बाबुलाई डिप्रेसनको औषधी खुवाउनु परिरहेको छ । 

के बर्षौंदेखि बेखवर भएका यी युवा पुनः परिवारको सम्पर्कमा आउलान् ? यसमा तपाई हामीले पनि मद्धत गर्न सक्छौं की ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय