मलेसियामा उनलाई तपाईले कहिं देख्नु भएको छ ?

सुनसरी – बैदेशिक रोजगार, पछिल्ला केहि बर्षयता थुप्रै नेपाली परिवारको घर चलाउने माध्यम हो । तर के सवै परदेशीका परिवारलाई बैदेशिक रोजगारीले खुशी दिएको छ ? पक्कै छैन । कतिको मुहारमा हाँसो ल्याएपनि थुप्रै परिवारको आँशुको कारण पनि बनिरहेको छ बैदेशिक रोजगार ।

मलेसिया, कमाउन जाने नेपालीको एउटा मुख्य गन्तव्य मुलुक । त्यहि मलेसियाको कमाईले कतिले घर बनाए । तर सुनसरीको कुसुमगाछीकी गीता थापाको मनमा त्यहि मलेसियाले पीरको डेरा जमाइदिएको छ ।

९ बर्ष भयो, गीताका श्रीमान् प्रदीपकुमार थापा मलेसिया गएको । घरमा दुई छोरा र श्रीमतिलाई छोडेर कमाउन मलेसिया उडेका प्रदीप त्यसयता नेपाल फर्केका छैनन् । उनले बीचमा केहि रकम पनि पठाए । तर सोचेजस्तो उनले कमाउन नसकेको गुनासो गरिरहे ।

बीचमा कहिले परिवारसँग सम्पर्कमा रहने त कहिले बेखवर हुने गरेका प्रदीपले मलेसिया छोडेर अव घर फर्किने भन्दै पासपोर्ट बनाउन भनेर घरबाट नागरिकता पनि मगाएका थिए । छोरा शैलेशले उनलाई नागरिकता पठाए । नागरिकता पठाएको ठेगानमा उनी क्वान्टान भन्ने क्षेत्रमा रहेको देखिन्छ । आफूले नागरिकता पाएँ भनेर उनले फोन गरेर परिवारलाई खवर गरे । तर त्यसपछि उनी पुनः बेखवर छन् ।

उनले प्रयोग गरेको मोवाइल नम्वरमा फोन गर्दा सम्पर्क हुन सक्दैन । कतै फोन लागि हाल्छ की भन्ने आशले श्रीमति गीता राती अवेरसम्म बसेर पनि फोन गर्छिन् । कहिले विहान ३ बजे नै फोन गर्छिन । तर सधैं एउटै उत्तर हुन्छ सम्पर्क हुन सकेन ।

जेठो छोरा शैलेश ईनरुवाको एउटा गहना पसलमा काम गर्छन् । कान्छो छोरा पढ्दै छन् । गीताले पनि केहि भरथेग हुन्छ भन्ने उद्धेश्यले चियापसल चलाएकी छिन् । जसोतसो घरपरिवार चल्दैछ ।

मलेसियामा रहेका प्रदीपको एउटै गुनासो हुन्थ्यो मैले कमाउन सकिन । तर अव परिवारले उनको कमाईको अपेक्षा राखेको छैन । गीता भन्छिन् कमाउँछु भनेर जानु भएको थियो, सक्नु भएन । ठिकै छ अव घर फर्किदिए हुन्थ्यो । हामीलाई पैसा भन्दा पनि उहाँ ठूलो कुरा हो । घर व्यवहार त अव छोराहरुले चलाउन सकिहाल्छन् ।

प्रदीप यसरी फोन सम्पर्क समेत नगरी बेखवर हुँदा परिवारलाई चिन्ता छ । गीता आफूहरु केवल एक फोनको प्रतिक्षामा बसिरहेको भन्दै उनलाई छिट्टै फोन गर्न आग्रह गर्छिन ।

तपाईले यो तस्वीरमा देखिएका प्रदीपकुमार थापालाई कतै देख्नु भएको छ भनें परिवारलाई नेपालमा ९८४२२ ३९ २४ २ मा खवर गरिदिनु होला । अथवा देशपरदेशका मलेसिया सहकर्मी सुदीप निउरेको मलेसियाको फोन नम्वर ०१ ६७ १० ५२ ३० मा पनि खवर गरिदिन सक्नुहुन्छ । साथै तपाईले सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र सुनसरीको फोन नम्वर ०२५ ६ २० ६८८ मा पनि फोन गरेर जानकारी गराइदिन सक्नुहुन्छ ।

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय