मलेसियामा अर्को एक कम्पनी कामदारले तिरेको रकम फिर्ता दिन सहमत

कामदारसँग भर्ना शुल्क उठाएका कारण आयातमा बन्देज लागेपछि मलेसियामा विभिन्न ग्लोव्स कम्पनीहरुले धमाधम कामदारले भर्ना वापत तिरेको रकम फिर्ता गर्न थालेका छन् । सोही क्रममा मंगलवार थप एक ग्लोव उत्पादक कम्पनीले कामदारलाई रकम फिर्ता गर्ने विषयमा सम्झौता गरेको छ । सो कम्पनीले कति दरले कामदारलाई रकम फिर्ता गर्दैछ र कुल कति रकम फिर्ता हुनेछ भन्ने बारेमा भनें विस्तृतमा जानकारी आउन बाँकी नै छ ।

मलेसियाका मलाक्का र कुलिममा फ्याक्ट्री रहेको एनसेलले बुधवार आफ्नो कम्पनीमा रोजगारीका लागि आएका ८ सय भन्दा बढी विदेशी कामदारलाई उनीहरुले भर्ना शुल्क वापत तिरेको रकम फिर्ता दिनेगरी सम्झौता गरेको छ । अधिवक्ता सुमिथा कृष्णनका अनुसार सो कार्यक्रममा विभिन्न मुलुकका दूतावासका प्रतिनिधिहरु, सो कम्पनीका प्रतिनिधिहरु तथा प्रतिनिधि कामदारहरु सहभागि थिए । सो कम्पनीमा कुन कुन मुलुकका नागरिक काम गर्दछन् भन्ने पुष्टि हुन भनें बाँकी छ । माइग्रेण्ट फोरम इन एसियाकी अध्यक्ष समेत रहेकी अधिवक्ता कृष्णाले यसले मलेसियामा मर्यादित भर्ना प्रकृयालाई प्रोत्साहित गर्ने र आप्रवासी कामदारले न्याय पाउने देशपरदेशलाई बताइन् ।

मलेसियाका ग्लोव्स उत्पादक कम्पनीहरुले रोजगारीका लागि आउने आप्रवासी श्रमिकलाई चर्को भर्ना शुल्क असुलेको र बाध्यकारी श्रम गर्नुपर्ने अवस्था सिर्जना भएको समाचार गार्जियन लगायतले लगातार प्रकाशित गरेपछि अमेरिकाले ति कम्पनीहरुका उत्पादनमा बन्देज लगाएको थियो । यसले विश्वकै ठूलो ग्लोव्य उत्पादक मलेसियाका कम्पनीहरु संकटमा परेका थिए । त्यसैले ग्लोव निर्माण गर्ने कम्पनी डव्लुआरपी एसिया प्यासेफिकले भर्ना शुल्क वापत कामदारले तिरेको रकम गत महिना देखि नै फिर्ता गर्न सुरु गरेको छ । सो कम्पनीले झण्डै ५० लाख अमेरिकी डलर फिर्ता गर्ने बताएको छ । त्रैमासिक रुपमा भुक्तानी गरिने शोधभर्ना वापतको सो रकम श्रमिकले ४ हजार ५ सय ४७ देखि १६ हजार ५४ रिंगिटसम्म प्राप्त गर्नेछन् । तर रकम फिर्ताको समयावधि धेरै राखिएको भन्दै त्यसको पनि अधिकारकर्मीहरुले विरोध गरेका छन् । सो कम्पनीमा मुख्यगरी नेपाली र बंगलादेशी नागरिक काम गर्दछन् । डव्लुआरपीमा ६ सय भन्दा बढी नेपाली कार्यरत छन् ।

यसैगरी डव्लुआरपीकै पछ्याउँदै अन्य ग्लोव्स उत्पादकहरुले पनि कामदारलाई भर्ना वापत तिरेको रकम फिर्ता गर्न सुरु गरिसकेको तथा केहिले आगामी महिना देखि फिर्ता गर्न सुरु गर्ने बताएका छन् । सो क्रममा मलेसियाको ठूलो ग्लोव उत्पादक कम्पनी टप ग्लोवले ५ करोड रिंगिट बरावर रकम श्रमिकहरुलाई फिर्ता गर्नुपर्ने प्रारम्भीक अनुमान सहित रकम फिर्ता गर्न थालिएको जनाएको छ । सो कम्पनीले पहिलो किस्ता वापतको रकम फिर्ता गरिसकेको बताएको हो ।

टप ग्लोवले विज्ञप्ती जारी गर्दै पहिलो किस्ता वापत आप्रवासी श्रमिकहरुलाई १० लाख अमेरिकी डलर (४४ लाख रिंगिट) रकम भुक्तान गरिसकेको जनाएको रोयटर्सले लेखेको छ । सो कम्पनीले ५ करोड ३० लाख रिंगिट रकम आप्रवासी श्रमिकलाई फिर्ता गर्नुपर्ने देखिएको समाचारमा जनाइएको छ ।

यसैगरी हार्टालेगा होल्डिङ्सले पनि श्रमिकले रोजगारीका लागि तिर्नुपरेको भर्ना शुल्क फिर्ता गर्ने योजना अगाडी सारेको छ । सो कम्पनीले पनि ४ करोड रिंगिट बरावर रकम श्रमिकलाई फिर्ता गर्नेगरी योजना बनाएको मलेसियाका स्थानीय सञ्चार माध्यमले लेखका छन् । अन्तराष्ट्रिय मान्यता अनुरुप आफ्नो कम्पनीले पनि श्रमिकसँग कुनै भर्ना शुल्क नअसुल्ने नीति रहेको भन्दै सो कम्पनीले यसअगाडी एजेण्टहरुलाई रकम तिर्न बाध्य पारिएकाहरुलाई सो रकम फिर्ता गर्ने भएको हो । यसले आफ्नो शुन्य लागत नीति प्रतिको प्रतिवद्धतालाई स्पष्ट पार्ने समेत सो कम्पनीले प्रष्ट्याएको छ ।

यसैगरी रिभरस्टोन होल्डिङ्स कम्पनीले आफ्नो कम्पनीमा काम गर्ने आप्रवासी श्रमिकलाई उनीहरुले भर्ना शुल्क वापत तिरेको ३४ लाख रिंगिट रकम जुलाई ३१ सम्ममा भुक्तानी गरिसकेको जनाएको छ । सो कम्पनीले पनि ग्लोव्स उत्पादन गर्दछ । सो कम्पनीका मलेसियाका अलावा थाईल्याण्ड, चीन लगायतका मुलुकहरुमा पनि कारखानाहरु सञ्चालनमा छन् ।

यो पनि पढ्नुहोस् जव परदेशमा अलपत्र परेकाहरुको पीडा सरकारमा बस्नेहरुले बुझ्दैनन् ….

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय