मलेसियामा निर्धात कुटिएका सुरक्षा गार्डलाई उल्टै फसाउने गरी मुद्धा दायर

मलेसियामा अर्का एक व्यक्तिबाट निर्घात रुपमा कुटिएका नेपाली ईस्लाम हुसेनलाई फसाउने गरी स्थानीय प्रहरीले स्थानीय अदालतमा मुद्धा दायर गरेको छ । मजिष्ट्रेट कोर्टमा दायर मुद्धामा उनले एक महिलालाई दुव्र्यवहार गरेको अभियोग लगाइएको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनलाई दुईवटा घटनामा ति महिलालाई शारिरीक दुव्र्यवहार गरेको अभियोग लगाइएको छ । घटना जुलाई ३ मा भएको दावी आरोप लगाउने महिलाले लगाएकी छन् जवकी उनले प्रहरीमा भनें कुटपीटको भिडियो सार्वजनिक भइसकेपछि मात्र दिएकी हुन् । यसले प्रहरी लगायत मिलेर उनलाई फसाउन खोजेको स्पष्ट भएको गुनासो अधिकारकर्मीहरुले गरेका छन् ।

ईस्लाम हुसेनका तर्फबाट मुद्धा लडिरहेका अधिवक्ता एम बरुणचिल्भमले हुसेनले अभियोग अश्विकार गरेको र उनले मुद्धा लड्न चाहेको बताएका छन् । घटनामा संलग्न भएको भनिएका अर्का एक नेपाली राम गोपाल मुराउलाई चार महिनाको कैद सजाय तोकिइसकेको छ ।
अवैधानिक रुपमा बस्दै आएका उनीहरु दुवैलाई कारवाही गर्नेगरी अनुसन्धान अगाडी बढाइएको यसअगाडी नै स्थानीय प्रहरीले बताइसकेको छ । उनको मुद्धाको सुनुवाई आगामी सेप्टेम्वर २५ का लागि तोकिएको समाचारमा जनाइएको छ । हुसेन नेपाली दूतावासमा सम्पर्क पश्चात गत अगष्ट ५ तारिखमा प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

उनलाई निर्घात रुपमा कुटपीट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो भिडियो भाइरल भएपछि क्वालालम्पुर स्थित नेपाली दूतावासले पीडक र पीडित पहिचानका लागि अग्रसरता देखाएको थियो । सुरुमा पीडक भारतीय नागरिक भएको मलेसियामा नै सुरक्षा गार्डको रोजगारी गरेर फर्केका एक नेपालीले गरेपनि उनी नेपाली नागरिक रहेको दूतावासले बताएको थियो । घटनाका पीडित हुसेनलाई कडा कारवाही हुनेगरी प्रहरीले अनुसन्धान अगाडी बढाएको समाचार यस अगाडी नै सार्वजनिक भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय