महावीर पुनको सह्रानिय कामः कोरोनाको उपचारका लागि अत्यावश्यक भेण्टिलेटर मर्मत गर्दै, बुथ बनाउँदै

म्यागसेसे पुरस्कार विजेता सामाजिक अभियन्ता महावीर पुन पछिल्लो समयमा कोरोना भाइरस (कोभिड १९) संक्रमितका लागि अत्यावश्यक पर्न सक्ने भेण्टिलेटरको मर्मतमा जुटेका छन् । उनले स्वदेशका विभिन्न अस्पतालमा रहेका विग्रिएका भेण्टिलेटरहरु राष्टिय आविश्कार केन्द्र मार्फत मर्मतको काम थालेका छन् । यसका लागि उनले भेण्टिलेटर मर्मत गर्ने सक्ने दक्ष व्यक्तिहरुलाई सहयोगका लागि अनुरोध पनि गरेका छन् ।

शनिवार पुनले बिभिन्न अस्पतालहरुका विग्रिएका भेण्टिलेटर मर्मतका लागि ईच्छुक व्यक्तिहरुलाई सहयोगका लागि फेसबुक मार्फत आव्हान गरेका थिए । पुनका अनुसार काठमाडौँको ट्रमा सेन्टरको बिग्रेको भेन्टिलेटरहरु मध्ये मर्मतका क्रममा दुईवटाले काम गर्ने सम्भावना देखिएको र बाँकी ३ वटाको पनि पार्टपुर्जा खोजेर बनाउने प्रयास भइरहेको बताएका छन् ।

पुनले आइतवार धेरै बायोमेडिकल ईन्जिनियरहरु राष्ट्रिय आविष्कार केन्द्रमा पुगेर मर्मत गर्ने काम गरेको भन्दै विपतद्को समयमा सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

पुनले टिचिङ अस्पताल काठमाडौंको आइसीयूका ६ वटा, गणेशमान सिंह मेमोरियल अस्पताल ललितपुरका ४ वटा र ट्रमा सेन्टर काठमाडौँका १० वटा विग्रिएका भेन्टिलेटरहरु मर्मतका लागि आग्रह गरिएको भन्दै भेन्टिलेटर मर्मत गर्नको लागि सहयोग गर्ने व्यक्तिहरुलाई सहयोगको आव्हान गरेका छन् । उनले सहयोग गर्ने व्यक्तिहरुलाई सम्वन्धित अस्पतालहरुमा नै गएर सहयोग गर्र्न पनि आग्रह गरेका छन् ।

कोरोनाका विरामीको संख्यामा वृद्दि हुनासाथ भेण्टिलेटर अत्यावश्यक हुन्छ । हाल विश्वमा भेण्टिलेटर अभावकै कारण कोरोनाका गम्भीर विरामीको ज्यान गइरहेको छ । भेण्टिलेटरको मागमा आएको उच्च मागका कारण भार लगायतका मुलुकले मुलुकभित्र रहेका भेण्टिलेटरअन्य मुलुकमा विक्रिवितरण गर्न नपाउने गरी बन्देज समेत लगाइसकेका छन् । यो अवस्थामा मुलुकमा रहेका र विग्रिएका भेण्टिलेटरको मर्मत गरेर चलाउन सकिएमा पनि ठूलो राहत हुनेछ ।

यसैबीच राष्ट्रिय आविश्कार केन्द्रले डाक्टरहरुले सुरक्षित रुपमा कोरोनाको बिरामी जाँच्ने बुथको नमुना तयार पारेको छ । सो नमुनालाई पोखरा, लतितपुर र काठमाडौंका विभिन्न अस्पतालहरुले परीक्षण गरेका छन् । ति बुथलाई डाक्टरहरुले रुचाएको र अन्य जिल्लाहरुबाट पनि त्यसको माग भएको भन्दै केन्द्रले ति बुथहरु बनाउने सामग्रीको खर्च केन्द्रले उपलव्ध गराउछ । बुथ निर्माणका लागि अमेरिकन नेपाल मेडिकल फाउण्डेसन, अमेरिकाका अध्यक्ष डा. सन्तोष सापकोटाले केन्द्रलाई रु.५ लाख उपलव्ध गराउने जानकारी पुनले जनाएका छन् ।
केन्द्रले गर्न सक्ने सहयोगका विषयमा थप जानकारी आवश्यक परेमा महावीर पुनलाई ९८४१५९२३६१ मा फोन गर्न सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् महामारी, आप्रवासी श्रमिक र गर्नुपर्ने काम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय