‘लकडाउन’ सँगै सुनसान भयो मलेसिया, अवको १४ दिन यी काम गरेमा हुनेछ जेल र जरिवाना

मलेसियाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन घोषणा गरेको १४ दिनको ‘लकडाउन’ सुरु भएको छ । ‘लकडाउन’ सुरु भएसँगै मलेसियाका प्रायः सवै शहरहरु सुनसान छन् । सडकमा फाट्ट फुट्ट मान्छे हिंडेका छन् ।

‘लकडाउन’ सुरु भएको विहान क्वालालम्पुर लगायतका केहि ठाउँका रेष्टुराहरुमा खाजा खानेहरुको संख्या भनें देखिएको थियो । तर प्रहरीले ति ठाउँहरुमा पनि चेकजाँच बढाएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  खाद्य सामग्री उत्पादन तथा प्याकेजिङ लगायतका काम गर्ने कम्पनीहरु भनें सुचारु रहेको ति कम्पनीहरुमा कार्यरत नेपालीहरुले बताएका छन् ।

मलेसिया, खाडीका मुलुकहरु लगायतबाट नेपाल आउन यात्रुलाई बन्देज, सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई कडा कारवाही गरिने चेतावनी सरकारी अधिकारीहरुले दिएका छन् । नियम उल्लंघन गरेको पाइएमा १ हजार रिंगिट जरिवाना तथा ६ महिनासम्म जेल सजाय हुने चेतावनी सरकारले दिएको छ । कुनै कम्पनीले नियम उल्लंघन गरेमा पनि कडा कारवाही हुने स्वास्थ्य मन्त्रीले चेतावनी दिएको स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशित छ ।

गैरआवासिय नेपाली संघ (एनआरएन), मलेसियाका बरिष्ठ उपाध्यक्ष सुन्दर आलेका अनुसार ‘लकडाउन’ सुरु भएसँगै शहर सुनसान छ । खाने सामग्री पाउने पसल बाहेक अन्य पसलहरु सबै बन्द छन् । बिदेशीहरुलाई मलेसिया प्रवेश बन्द भएको छ । रेस्टुरेन्ट तथा होटेलहरु खुलेका छन तर रेस्टुरेन्टमा बसेर खान दिइएको छैन । प्याकिङ गरेर लैजान भनें दिइएको छ । कम्पनीहरुले आफ्नो कम्पनीमा काम गर्ने कामदारहरुलाई बाहिर हिंड्डुल गर्न रोकेका छन् ।

सुरक्षाका लागि प्रयोग गरिने मास्क सबै फार्मेसीहरुमा पाईदैन । यसले झण्डै ६ लाख नेपाली कार्यरत मलेसियामा रहेका नेपाली केहि आत्तिएका छन् । उडानहरु बन्द भएका कारण नेपाल फर्किने तयारीमा रहेकाहरु रोकिएका छन् भनें विदामा नेपाल आएकाहरु जान पाएका छैनन् । एनआरएन, मलेसियाका बरिष्ठ उपाध्यक्ष आलेले आत्तिई हाल्नुपर्ने अवस्था नरहेको भन्दै सबैले सरकारको नियम पालना गर्नुपर्ने धारणा राखे ।

यसैगरी मलेसियाको जोहरबारुमा रहेका अनिल कार्कीका अनुसार कम्पनीहरु बन्द छन् र कामदारहरु कोठामा नै बसेका छन् । उनीहरु खाद्यान्न खरिद गर्न बाहिर गएमा बाहिर जानु अगाडी र बाहिरबाट फर्केर आउँदा क्याम्पको गेटमा ज्वरो मापन गर्ने गरिएको छ । सेक्यूरिटी गार्डको काम गर्ने नेपालीहरु भनें काममा नै खटिएका छन् ।

विदाको समयको तलव दिने वा नदिने विषयमा पछि जानकारी दिइने अधिकाँश कम्पनीले कामदारहरुलाई जानकारी दिएका छन् । कतिपय कम्पनीहरुले भनें यसलाई वार्षिक विदाबाट कटौती गर्ने जानकारी दिएका छन् । केहि कम्पनीहरुले भनें आधारभूत तलव दिइने जानकारी दिएको कार्की बताउँछन् ।

मलेसियामा बुधवार विहानसम्ममा ६ सय ७३ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ जसमध्ये २२ जना निको भएका छन् भनें दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु दुवै मलेसियन नागरिक हुन् ।

यो पनि पढ्नुहोस् निषेधित क्षेत्रमा नजान, भेला नहुन दूतावासको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय