मलेसिया, खाडीका मुलुकहरु लगायतबाट नेपाल आउन यात्रुलाई बन्देज, सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

सरकारले आगामी शुक्रवार देखि लागु हुने गरी युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ति मुलुकलाई ट्रञ्जीट बनाएर अरु जुनसुकै मुलुकबाट आउने यात्रुलाई आवागमनमा बन्देज लगाएको छ । २० मार्च, २०२० मा सुरु हुने यस्तो बन्देज १५ अप्रिल, २०२० सम्म लागु हुनेछ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोभिड १९ को संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रवार मध्यराती देखि लागु हुनेगरी ति मुलुकहरु तथा ति मुलुकलाई ट्राञ्जिट बनएर आउने यात्रुहरुलाई नेपाल प्रवेश रोक्ने उच्चस्तरीय समन्वय समितिले निर्णय गरेको हो ।

यसैगरी बैठकले २५ जना भन्दा बढी भेला भएर भोजभतेर आयोजना नगर्न, सिनेमा हल, रंगशाला, हेल्थ क्लव, मनोरञ्जन स्थलहरु आगामी अप्रिल ३० तारिखसम्म बन्द गर्ने पनि निर्णय गरेको छ । विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ। यसको अनुगमन गृह मन्त्रालय र संस्कृति एवम् पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने पनि समितिले निर्णय गरेको छ।

यो पनि पढ्नुहोस् ‘लकडाउन’ सँगै सुनसान भयो मलेसिया, अवको १४ दिन यी काम गरेमा हुनेछ जेल र जरिवाना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय