निषेधित क्षेत्रमा नजान, भेला नहुन दूतावासको आग्रह

कतार स्थित नेपाली दूतावासले कतार सरकारले तोकेका निषेधित क्षेत्रहरुमा नजान वा भेला नहुन आग्रह गरेको छ । दूतावासले विज्ञप्ती जारी गर्दै श्रमिकहरु बस्ने क्षेत्र आसपासमा अवैधानिक पसल राखी सामानहरुको किनबेच गर्ने पाइएको भन्दै कम्पनीको आधिकारिक व्यक्तिसँग तोकिएको संख्या(२ जना) मात्र आधिकारिक स्थानबाट सामान किनमेल गर्न आग्रह गरेको छ ।

यसैगरी दूतावासले कतार सरकारको सम्बन्धित सरकारी निकायहरुबाट जारी हुने सवै प्रकारका निर्देशनहरुलाई अक्षरस पालना गर्न पनि अनुरोध गरेको छ ।

यसअघि कतार सरकारले क्वारेण्टाइनमा नबसेको र सार्वजनिक स्थानमा मनखुशी हिंडेको अभियोगमा केहि नेपालीलाई पक्राउ गरी स्वदेश फर्काइदिएको समाचार सार्वजनिक भएको छ । सोही सन्दर्भमा दूतावासको विज्ञप्ती आएको हो ।

दूतावासले नेपालीलाई बिना कारण नेपाल फर्काइएको भन्ने समाचारको आधिकारिकताका सम्वन्धमा कतार सरकारको सम्बन्धित निकायहरुसँग जानकारी लिने काम भइरहेको जनाएको छ ।

यसैबीच मलेसियामा दुईजना स्थानीय नागरिकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको भएपनि ज्यानै गएको यो पहिलो घटना हो । उनीहरु मध्ये एकजना ६० बर्षिय र अर्को ३४ बर्षिय व्यक्ति रहेको जनाइएको छ । कोरोनाको संक्रमण फैलिन नदिन मलेसिया सरकारले १४ दिन अन्तराष्ट्रिय उडान रोक्ने, आन्तरिक आवतजावतलाई पनि अत्यन्तै सिमित गर्ने घोषणा गरिसकेको छ ।

यो पनि पढ्नुहोस् विदेश पठाइदिने प्रलोभन देखाई १० लाख ठगेको अभियोगमा पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय