विदेश पठाइदिने प्रलोभन देखाई १० लाख ठगेको अभियोगमा पक्राउ

युएईमा आकर्षक कमाई हुने काममा पठाइदिने भन्दै नौ जना व्यक्तिबाट १० लाख ५३ हजार ठगेको अभियोगमा प्रहरीले एकजनालाई पक्रेको छ । बाग्लुङ घर भई हाल काठमाडौंको रानीवनमा बस्ने शिव कुमार घर्ती मगर प्रहरीले गंगवुचोकबाट पक्रेको हो ।

आफूहरुसँग रकम उठाएपछि सम्पर्कविहिन भएको भन्दै खगेन्द्र चौधरी लगायतले प्रहरीमा जाहेरी दिएका थिए । पक्राउ गरिएका घर्तीलाई महानगरीय प्रहरी परिसर टेकुमा थप अनुसन्धान तथा कारवाहिको लागि पठाईएको महानगरिय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस् खाडी र मलेसिया बाहेक पनि बढ्दैछन् नेपालीका लागि नयाँ श्रम गन्तव्यहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय