खाडी र मलेसिया बाहेक पनि बढ्दैछन् नेपालीका लागि नयाँ श्रम गन्तव्यहरु

वैदेशिक रोजगारमा जाने नेपालीको संख्या तुलनात्मक रुपमा हाल पनि खाडीका मुलुकहरु र मलेसियामा नै धेरै रहे पनि विस्तारै केहि नयाँ गन्तव्य मुलुकहरुमा पनि उनीहरुको आकर्षण देखिएको छ । सरकारले सार्वजनिक गरेको तथ्याँक अनुसार युरोपका केहि मुलुकहरुसँगै अन्य मुलुकहरुमा पनि नेपाली श्रमिकको उपस्थीति बढ्दो छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२० अनुसार वैदेशिक रोजगारका लागि उदीयमान गन्तव्य मुलुकहरुमा टर्की, रोमानिया, पोल्याण्ड, माल्टा अग्रस्थानमा देखिएका छन् । सन् २०१७/१८ तथा २०१८/१९ मा गरी १० हजार भन्दा केहि बढी नेपाली ति मुलुकमा रोजगारीका लागि गएका छन् । त्यसमध्ये पोल्याण्डमा सवैभन्दा बढी ४ हजार ७ सय २८ जना रोजगारीका लागि गएका छन् भनें माल्दिभ्सका लागि ३ हजार ७ सय ६३ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । तर घरेलु श्रमिकका रुपमा खाडीका मुलुकहरुमा जान नेपाल सरकारले लगाएको रोकका कारण माल्दिभ्स हुँदै खाडीका मुलुकहरुमा रोजगारीका लागि जाने गरेका कारण पनि माल्दिभ्सको तथ्याँक बढी देखिएको हुन सक्ने यस क्षेत्रमा कार्यरतहरु बताउँछन् ।

यसैगरी दुई बर्षमा जोर्डनका लागि ३ हजार ४ सय २ जनाले श्रम स्वीकृति लिएका छन् । गार्मेण्ट क्षेत्रमा नेपालीका लागि आकर्षक रोजगारी रहेपनि न्यूनतम ज्याला भनें घरेलु श्रमिकको जति पनि नभएको भन्दै नेपाल सरकारले पछिल्लो समयमा जोर्डनमा गार्मेण्ट क्षेत्रको रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति दिइरहेको छैन । समग्रमा नेपाली श्रमिकले पाउने तलव सुविधा भनें जोर्डनको गार्मेण्ट क्षेत्रमा राम्रो छ ।

यसैगरी दुई बर्ष भित्रमा ३ हजार ३ सय ९६ जनाले श्रम स्वीकृति लिएका छन् भनें साइप्रसका लागि ३ हजार ३ सय ४ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । माल्टाका लागि २ हजार ३ सय १७, जापानका लागि १ हजार ७ सय २०, रोमानियाका लागि १ हजार ४ सय ९४ तथा मकाउका लागि १ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् ।

तर युरोपको रोजगारीको नाममा पछिल्लो समय ठगिका घटना पनि उत्तिकै बढेका छन् । युरोपमा मासिक एक लाख भन्दा बढी कमाई हुने प्रलोभन देखाउँदै ठगि गर्नेहरुको संख्या धेरै देखिएको छ । व्यक्तिगत रुपमा गरिने यस्तो ठगिबाट जोगिन भनें आवश्यक रहेको प्रवासी नेपाली समन्वय समित (पिएनसीसी) का अध्यक्ष कुल प्रसाद कार्की बताउँछन् ।

यो पनि पढ्नुहोस् झण्डै एक करोड व्लडमनि जुटाएर नेपालीलाई उद्दार गर्ने साउदी नागरिक सम्मानित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय