झण्डै एक करोड व्लडमनि जुटाएर नेपालीलाई उद्दार गर्ने साउदी नागरिक सम्मानित

साउदी अरवको जेद्दा स्थित नेपाली महावाणिज्य दुतावासले एक नेपालीको उद्दार गरिदिने साउदी नागरिकलाई सम्मान गरेको छ । साउदी अरवमा कार्यरत रहेको अवस्थामा सवारी दुर्घटना सम्वन्धि मुद्दामा परेका धन बहादुर थापाको उद्दार गर्ने ति साउदी नागरिकले थापाले तिर्नुपर्ने झण्डै एक करोड व्लडमनीको व्यवस्था गरी जेलमुक्त गरेर स्वदेश फर्काउन मद्दत गरेका थिए । थापा ५ बर्ष जेल सजाय र ३ लाख रियाल व्लडमनी तोकिएर जेलमा थिए ।  उनी तनहुँ बेलाचौताराका स्थायी बासिन्दा हुन् ।

एक साउदी नागरिकको ज्यान जाने गरी भएको सो दुर्घटनामा दोषि ठहर भएर जेल परेका थापालाई बैतुलमान नामक परोपकारी संस्था मार्फत साउदी नागरिक बन्दर सुपातिले सहयोग गरी जेलमुक्त गरेका थिए । सो संस्था साउदी अरवका नागरिकहरुले जकात (दान) उठाएर रकम जम्मा गर्ने र परोपकारी कार्यमा खर्च गर्ने संस्था हो ।

माटो बोक्ने ठूलो गाडी चलाउने गरेका धन बहादुरले चलाइरहेको गाडीमा सन् २०१८ मा एक साउदी नागरिक आफैले चलाएको गाडी ठोक्काएपछि ति साउदी नागरिकको ज्यान गएको थियो । चालक अनुमति पत्र भएपनि गाडिको बीमा तथा अन्य कागजपत्र नभएका कारण अदालतले थापालाई नै दोषि ठहर्याउँदै जेल र व्लडमनी तिर्नुपर्ने फैसला गरेको थियो ।

“अर्को गर्मीमा दोहा जानु पर्ला, त्यहिं गएर बुझेपछि कुनै उपाय त लाग्ला नी”

अदालतमा थापाको मुद्दाको प्रकृति बुझेका कानूनी पृष्ठभूमिका बन्दर सुपातिले आफ्नै पहलमा करिव एक बर्ष पछि थापालाई जेलमुक्त गराएका थिए । थापाले कम्पनीबाट पाउनु पर्ने तलव पनि उनैले दिलाएको र मृतक परिवारलाइ बुझाउनु पर्ने ३ लाख साउदी रियाल तिनै सुपातिले बैतुलमानबाट निकासा गराई थापालाई स्वदेश फर्काउन सफल भएको साउदी अरवको जेद्दा स्थित कार्यवाहक महावाणिज्यदूत रेवती रमण पौडेलले जानकारी दिए । सम्पूर्ण कानूनी प्रकृया पुरा गरेका थापा गत मंसिरमा नेपाल फर्केका छन् ।

थापालाई जेल मुक्त गरी नेपाल पठाउन सहयोग गरेको भन्दै दुतावासले साउदी नागरिक सुपातिलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सो अवसरमा उनलाई दोसल्ला ओढाएर प्रमाण पत्र र नेपाली मौलिकता झल्काउने खुकुरी प्रदान गरी सम्मान गरियो । हरेक महिनाको दोस्रो शुक्रबार साउदीको जेद्दामा रहेको महावाणिज्य दुतावासले आयोजना गर्ने गरेको विशेष श्रमिक अन्तरकृयाका अवसरमा उनलाई सम्मान गरिएको हो ।

सो अन्तरकृयामा वाणिज्यदुत भुवन पौडेल र श्रम सहचारी राजु कुँवरले जेद्दा तथा आसपासमा रहेका नेपालीहरुको बारेमा बताउँदै यस महिनामा दुई जनाको शव नेपाल पठाउन बाँकी रहेको, साउदी अरवमा बिभिन्न कारणले अलपत्रमा परेर वा अवैधानिक रूपमा बस्दै आएका नेपाली नागरिकहरुलाई साउदी सरकारले आफ्नो देश फर्किन पाउने सुविधा उपलब्ध गराएको परिपेक्षमा हालसम्म दुतावासले ३५ जना नेपालीलाई आउटपासको प्रकृया मिलाएको जानकारी दिए । यसैगरी हालैको कोरोना भाईरसले निम्त्याएको सन्त्रासले गर्दा नेपाल सरकारले अनिश्चितकालका लागि श्रम स्विकृती स्थगित गरेको बारेमा जानकारी दिईएको थियो ।

सो अवसरमा कार्यवाहक महावाणिज्यदुत रेवती रमण पौडेलले कोरोना भाईरसबाट बच्ने सामान्य उपायहरुका बारेमा बताउँदै यदि कुनै पनि नेपाली श्रमिकलाई कोरोनाको बारेमा शंका लागेमा तुरुन्त दुतावासको सम्पर्कमा आउनको निम्ति सुझाव दिए ।

यो पनि पढ्नुहोस् छुट्टीमा आउनेले श्रम स्वीकृति पाउने की नपाउने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय